prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथमा लागूऔषधबारे सचेतनामूलक अभिमुखीकरण 
बैजनाथमा लागूऔषधबारे सचेतनामूलक अभिमुखीकरण 
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ३०, २०८२ बागेश्वरी पोस्ट
बैजनाथमा लागूऔषधबारे सचेतनामूलक अभिमुखीकरण 

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा लागूऔषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागूऔषध दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको हो । 

nepalgunj 081-082

बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगञ्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा बालबालिका तथा अभिभावकका लागि लागूऔषधविरुद्धको सचेतनामुलक अभिमुखीकरण सम्पन्न गरिसकेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, पत्रकार राकेश कुमार मिश्र, प्रहरी हवल्दार लक्ष्मी शाही, जनस्वास्थ्य निरिक्षक श्यामबीर शाही लगायतले लागूऔषधका कारण मानव स्वास्थ्यमा पर्ने समस्या, कारण, लक्षण, पारेको प्रभाव, उपचार, प्रहरी अनुसन्धान, सहयोग, लागूऔषध सम्बन्धि कानूनी दण्ड सजायको व्यवस्था, समुदाय सचेतना, अभिभावकको भूमिका लगायतका बारेमा सहजीकरण गरेका छन् । 

सोमबार बैजनाथ गाउँपालिका वडा नं. २ मा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रमका सहभागीले लागूऔषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भूमिका महत्वपूर्ण भएको भन्दै अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्ने बताएका थिए । कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शाहीले लागूऔषधले मानव स्वास्थ्यमा परेको समस्याका साथै चिन्ह, लक्षण र बच्ने उपाय तथा उपचार गर्दा पूर्ण निको हुने बताए । 

वडा सदस्य भुमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सितादेबी विश्वकर्मा, शोभा थारु, भवानी दमाई, स्वास्थ्य केन्द्र प्रमुख खेमराज सापकोटा, इलाका प्रहरी कार्यालय नौबस्ताका निमित्त प्रमुख लक्ष्मी शाही लगायतले बोलेका थिए । कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरी करीब ६० जनाको सहभागिता रहेको थियो । पालिकाको वडा नं. १ मा सो कार्यक्रम गरी अभिमुखीकरणको समापन गरिनेछ । 


 


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP