prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय सरकार संचालन तथा कार्यालय व्यवस्थापन सम्वन्धि तालिम
जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय सरकार संचालन तथा कार्यालय व्यवस्थापन सम्वन्धि तालिम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २, २०८२ बागेश्वरी पोस्ट
जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय सरकार संचालन तथा कार्यालय व्यवस्थापन सम्वन्धि तालिम

कोहलपुर । संबिधानविद् काशीराज दाहालले संबिधानले स्थानीय तहलाई दिएको अधिकार विश्वमै उदाहरणका रुपमा लिनुपर्ने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिकाको न्यायिक समितिले शुक्रबारदेखि आयोजना गरेको स्थानीय सरकार संचालन तथा कार्यालय व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटनका क्रममा संबिधानविद् दाहालले स्थानीय तहलाई यति धेरै अधिकारी विश्वका अन्य देशमा संबिधानले नदिएको बताए । 

paribartan 1

‘संबिधानले २२ वटा एकल अधिकार त स्थानीयतहलाई नै दिएको छ,' उनले भने–‘कार्यकारिणी अधिकार, न्यायिक अधिकार, आर्थिक अधिकार समेत स्थानीय तहलाई छ ।’ प्रदेशलाई नभएका अधिकार समेत स्थानीय तहलाई संबिधानले दिएको बताउँदै उनले स्थानीय तह शक्तिशाली र बलियो भएको उनको भनाई छ । दाहालले संबिधानले स्थानीय तहलाई नियमनको अधिकार समेत दिएर बलियो बनाएको बताए । 

स्थानीय तहले चाह्यो भने थुप्रै कामहरु गर्न सक्ने बताउँदै उनले समस्या र चुनौतीहरु पनि रहेको औंल्याए । संघ, प्रदेश र स्थानीय गरी मुलुकमा तीन तहका सरकार छन् । तीन तहका सरकार भए पनि कार्य क्षेत्र स्पष्ट नहुँदा समस्या रहेको उनले बताए । ‘तीन तहका सरकार भए पनि कार्य क्षेत्र स्पष्ट नहुँदा समस्या छन्,' उनले भने–‘बन्नु पर्ने ऐन कानून नबन्दा त्यसले समस्या निम्त्याएको छ । जस्तैः शिक्षा ऐन, कर्मचारी ऐन नबन्दा कर्मचारीहरु आन्दोलनमा जानुपर्ने अवस्था आयो ।’ 

राजश्व बाँडफाँड, प्राकृतिक स्रोत-साधनको उपभोगका बिषयमा पनि तीन तहका सरकारबीच टसल हुने गरेको उनले बताए । संबिधानविद् दाहालले वित्तिय संघीयताका विषयमा समस्या रहेको औंल्याए । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको ट्रेण्ड उल्टो रहेको उनले बताए । सुरुमा स्थानीय तह, त्यसपछि प्रदेश सरकार र अन्तिममा संघीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा उनको सुझाव छ । अहिले संघीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि मात्रै प्रदेश र स्थानीय तहले ल्याउने गरेका छन् । ‘स्थानीय सरकारले पूरा गर्न नसक्ने योजनाहरु प्रदेशमा र प्रदेशले पनि पूरा गर्न नसक्ने योजनाहरु संघीय सरकारले सम्वोधन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने हो,'' उनले भने–‘हाम्रोमा यसको उल्टो भइरहेको छ । जसले गर्दा पनि योजना र कार्यक्रमहरुमा दोहोरोपन देखिएको छ । कार्यान्वयन पनि चुनौतिपूर्ण देखिन्छ ।’ 

उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका पन्ध्र वटै वडाका वडा अध्यक्ष, शाखाका प्रमुखहरु र पन्ध्र वटै वडाका सचिवहरु सहभागी छन् । स्थानीय सरकार संचालन तथा कार्यालय व्यवस्थापनका लागि अन्तरक्रिया कार्यक्रम उपयोगी हुने कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले बताइन् । उनले विज्ञद्वारा दुई दिनसम्म अन्तरक्रियाका माध्यमबाट कार्यक्रम गरिने भएकाले यसले वडा अध्यक्षहरुको कार्य क्षेत्र, सचिव तथा शाखा प्रमुखहरुको जिम्मेवारी र कर्तव्यमा स्पष्टता आउने र सेवाग्राहीलाई सहज सेवा प्राप्तिमा मद्दत पुग्ने बताइन् ।

न्यायिक समितिका संयोजक समेत रहेका प्रशासकीय अधिकृत दोर्ण वोहराले दुई दिनसम्म चल्ने अन्तरक्रियामा संबिधानविद् दाहालले प्रशिक्षण दिने बताए ।


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP