नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'एकल महिलाहरू आत्मनिर्भरसँगै उदाहरण बनौं'
'एकल महिलाहरू आत्मनिर्भरसँगै उदाहरण बनौं'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ५, २०८२ बागेश्वरी पोस्ट
'एकल महिलाहरू आत्मनिर्भरसँगै उदाहरण बनौं'

नेपालगन्ज । द्वन्दपीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष शोभा बिसीले एकल महिलाहरू आत्मनिर्भरसँगै उदाहरण बन्नुपर्ने बताएकी छिन् । 'सीप सिकौं र आत्मनिर्भर बनौं' भन्ने उद्देश्यका साथ आज नेपालगन्जमा द्वन्द प्रभावित, बेपत्ता तथा एकल महिलाहरूका लागि सात दिने अचार बनाउने तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले अझै पनि द्वन्दको चोट बिर्सन नसकेको बताउँदै यस्ता खालका तालिमले कमसेकम द्वन्द प्रभावित, द्वन्दपीडित सबैलाई घाउमा मल्हमको काम गर्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उप-महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले आफ्नै वडामा निर्माण भएको संजालको भवनमा यस्ता खालका कार्यक्रम निरन्तर हुनुपर्ने बताए । उनले संस्थाको उद्देश्य अनुसारको छ्हारी घर निर्माणमा पनि वडा कार्यालयले सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा आत्मनिर्भर सम्बन्धि विभिन्न खाले मागमा आधारित तालिमहरू वडाले संचालन गर्ने पनि बताए ।

तालिमका प्रशिक्षक अनु पाण्डेले सहभागीहरूको बिगतको कुरा सुन्दै उनीहरूलाई सान्त्वना दिँदै तालिम संचालन गरेको बताइन् । सहभागी महिलाहरूको उत्सुकताले आफूहरूलाई पनि हौसला थपिएको उनले बताइन् ।

संस्थाका कार्यवाहक अध्यक्ष बिन्दा खरेलले द्वन्द प्रभावित, एकल महिलाहरूका लागि सात दिने अचार बनाउने तालिम सफलरूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले तालिममा सहभागी ३० जनाले ६ प्रकारका अचार बनाउन सिकेको बताइन् ।

द्वन्दपीडित तथा एकल महिला संजालका सचिव विजया रोकाया र सदस्य जया आचार्यले अघिल्लो वर्षझैं यो वर्ष पनि अचार बनाउने तालिम संचालन गर्न पाएकोमा आर्थिक सहयोग गर्ने नेपालगन्ज उप-महानगरपालिका र सहभागी महिलाहरूलाई धन्यवाद व्यक्त गरे ।


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP