नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान
किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान
बागेश्वरी पोस्ट
सोमबार, जेठ ५, २०८२ बागेश्वरी पोस्ट
किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले कृषि पेशामा आवद्ध भएका किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान दिन सुरु गरेको छ । चालू आर्थिक वर्ष ०८१/०८२ का लागि विनियोजित बजेटबाट १९ वटा मिनिटिलर वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञ बहादुर रोकायले जानकारी दिए । कोहलपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच वडा नं.१ देखि वडा नं.१५ सम्मका कृषक, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगर प्रमुख पूर्ण प्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीले १९ वटा मिनिटिलर वितरण गरेको रोकायले बताए । 

५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागतमा मिनिटिलर वितरण गरिएको उनको भनाई छ । त्यसैगरी साना सिंचाई प्रबर्द्धन कार्यक्रम अन्तर्गत ८० वटा पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनिटिलरको करीब १९ हजार रुपैयाँ मूल्य पर्छ भने पम्पसेट एउटाको मूल्य ९ हजारको हाराहारीमा पर्दछ । त्यसमा कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको हो । 

मिनिटिलर र पम्पसेट वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका निमित्त किसानहरुलाई यान्त्रिकीकरणमा सहयोग गरिएको बताए । ‘कोहलपुर नगरपालिकामा किसानको संख्या पनि ठूलो छ,' उनले भने–‘ती किसानहरुलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा जोड दिँदै उनीहरुलाई कृषि यान्त्रिकीकरण, बीउविजनमा अनुदान तथा प्राविधिक सहयोग नगरपालिकाले गर्दै आएको छ ।’ उनले कोहलपुर नगरपालिकाले किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको पनि बताए । ‘खासगरी साना किसानहरुलाई प्रोत्साहन गर्ने गरी हाम्रा नीति तथा कार्यक्रम र बजेट निर्माण हुने गरेको छ,' उनले भने–‘आगामी वर्ष पनि किसानका माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।’ 

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख सुवेदीले पनि किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको बताइन् । उनले कृषि पेशालाई व्यवसायिक बनाउँदै लैजानका निमित्त मागमा आधारित योजनाहरु कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् । किसानहरुले अनुदानमा प्राप्त कृषि उपकरणहरुले उनीहरुको काममा सहजता थप्ने उनले विश्वास गरिन् । यस्तै किसान भेरी जेष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरणहरु उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरे । उनले कृषि पेशालाई व्यवसायिक बनाउनका निमित्त मल, बीउविजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताइन् । यस्ता सहयोगले साना किसानहरु लाभान्वित हुने उनको भनाई छ । 

कोहलपुर नगरपालिकाले च्याउको बीउ तथा खाद्यान्न बालीमा अनुदान दिने गरेको छ । यस्तै साना सिंचाईको संरचना निर्माण गर्ने काम पनि कोहलपुर नगरपालिकाले गर्दै आएको आर्थिक विकास समितिका संयोजक अनिता बुढा क्षेत्रीले जानकारी दिइन् । ‘कुलो निर्माण, स्यालो ट्युबवेल जडान, तरकारी प्रबर्द्धन कार्यक्रम, वीउविजन लगायत प्राविधिक सहयोग, मौरीपालन किसानहरुलाई आवश्यक सामग्रीको सहयोग पनि नगरपालिकाबाट हुँदै आएको छ,' उनले भनिन्–‘यसले किसानहरुलाई कृषि पेशाप्रति उत्प्रेरित गरेको महसुस हामीलाई भएको छ ।’ 

चालू आर्थिक वर्षका लागि कृषि विकास शाखाको कुल वजेट एक करोड ४१ लख ५० हजार रहेको छ । त्यसमध्ये नि:शर्ततर्फ ३० लाख ५० हजार र सशर्ततर्फ एक करोड ११ लाख रुपैयाँ बजेट विनियोजन भई कार्यान्वयन भइरहेको छ ।


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १८:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग 
नेपालगञ्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग 
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP