नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास
राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास
बागेश्वरी पोस्ट
सोमबार, जेठ ५, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास

राप्तीसोनारी (बाँके) । आन्तरिक पर्यटनमा पार्कले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पर्यटनलाई बढवा दिने गरी निर्माण गरिएका ती पार्कहरुमा आन्तरिक पर्यटकको चाप पनि उस्तै देखिन्छ । भीडभाड र दैनिक कामको चापबाट छुटकारा पाउन र तनावमुक्त हुन मान्छेहरुले पछिल्लो समय पार्क खोज्दै हिँड्छन् । पार्कहरु आर्यआर्जन र रोजगारीको माध्यम पनि बनेका छन् । पछिल्लो समय पर्यटन विकासलाई प्राथमिकता दिएको राप्तीसोनारीले पनि वडा नम्बर ३ बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधार निर्माण अन्तर्गत पार्कको निर्माण कार्य सुरु गरेको छ ।

नेपाल सरकारको विशेष अनुदानमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । यसको पर्यटन डिभिजन कार्यालय कोहलपुरले ठेक्का लगाएको थियो । कुल रकम १ करोड २५ लाख रुपैयाँमा आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ९० लाख १८ हजार ९ सय ४२ रूपैयाँ २३ पैसामा ओसियन कन्स्ट्रक्सन कोहलपुरले पार्कको निर्माण कार्य सुरु गरेको हो । 

निर्माण सम्पन्नपछि यसले यहाँको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष पौडेलले धार्मिक, कृषि र पूर्वाधार पर्यटनमा जोड दिएको बताए । सोही अनुसार पालिकामा पार्क, मठमन्दिर निर्माण भइरहेको भन्दै उनले भने, ‘यहाँको आर्थिक स्थिति उकास्नलाई भए पनि पर्यटनमा लगानी गर्नुपर्नेछ ।’ यहाँ पर्यटकीय प्रचूर सम्भावना हुँदाहुँदै पनि सिर्जित फोहोर र भएका संरचनाहरुको संरक्षण र सौन्दर्यकरण गर्न नसक्दा पर्यटक पुग्न नसकेको उनी बताउँछन् । ‘वर्षौंदेखि पर्यटन पूर्वाधार छन् । तर, फोहोर व्यवस्थापन नहुँदा आकर्षक छैनन्,’ उनले भने, ‘हामीले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा ती फोहोरले गिज्याइरहेका छन् । वातावरणीय सौन्दर्य खस्किँदै गएको छ । हाम्रो सबै गतिविधि वातावरणीय सौन्दर्यलाई ख्याल गर्ने गरी हुनुपर्ने भन्दै उनी भन्छन्, ‘राप्तीसोनारीमा पर्यटकीय गतिविधि सम्भव छन् । सबै हातेमालो गरी अगाडि बढौं ।’


राप्तीसोनारीमा भूवरभवानी, बर्फानी लगायतका पर्यटकीय क्षेत्र हुँदा हुँदै पनि यहाँका बासिन्दा बाहिर जानुपर्ने बाध्यता भएको उनी बताउँछन् । ‘हाम्रा घरै अगाडि पर्यटकीय क्षेत्र छन् । हामी चिसापानी, गाभार लगायतका क्षेत्रमा मनोरञ्जनका लागि पुग्छौं,’ उनले भने, ‘जसले गर्दा हाम्रो पैसा अन्यत्रै गएको छ । हाम्रो त्यो पैसा यहीँ राख्ने र अन्य पर्यटकलाई भित्र्याएर आम्दानी लिने योजना पालिकाले निर्माण गर्दैछ ।’ जसका लागि सिक्टा सिँचाई आयोजनाको बाँधस्थलमा बोटिङ निर्माणका लागि आईई गरिने उनी बताउँछन् । राप्तीसोनारीमा पर्यटकीय गतिविधि बढ्दा यहाँको आयस्रोत मात्र होइन, क्षमता अभिवृद्धि समेत हुने उनको भनाई छ ।

वडा नम्बर ३ का वडाध्यक्ष मिनकुमार चौधरीले यस पार्कले यहाँ पर्यटनमैत्री वातावरण बनाउन मद्दत पुग्ने बताए । पर्यटकको संख्या बढ्दै जाँदा रोजगारीका अवसर सिर्जना हुने उनको भनाई छ । उक्त पार्कमा कोसेली घर, दुई वटा झुला, लव साइन, ग्रीन बेल्ट, ब्यायाम पार्क, गेट निर्माण र वृक्षारोपण गरिनेछ । त्यस्तै सोही रकमबाट भूवरभवानी मन्दिरमा मञ्च र चेन्जिङ रुम निर्माण गरिने गाउँपालिकाले जनाएको छ । यसका साथै निर्माणाधीन मन्दिरहरुको कामलाई पनि सम्पन्न गर्ने बताइएको छ ।

स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्क अर्थात् उद्यानको महत्व बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त राख्न सहयोग र्पुयाउँछ । त्यहाँको खुला स्थानमा हल्का व्यायाम र पैदल हिँडाईले शारीरिक स्वस्थतामा पनि वृद्धि गर्ने गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १९:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग 
नेपालगञ्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग 
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP