Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथ वडा नम्बर २ को सार्वजनिक सुनुवाई सम्पन्न 
बैजनाथ वडा नम्बर २ को सार्वजनिक सुनुवाई सम्पन्न 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ ७, २०८२ बागेश्वरी पोस्ट
बैजनाथ वडा नम्बर २ को सार्वजनिक सुनुवाई सम्पन्न 

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ कार्यालयले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई बास नेपालको सहजीकरणमा बुधबार सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर २ को आयोजनामा वडा कार्यालय परिसरमा भएको सुनुवाईमा सेवा प्रदायक निकाय र वडाबासीहरुका बीचमा भएको छलफलको अन्त्यमा ६ बुँदे साझा  प्रतिबद्धताको घोषणा गरिएको छ ।

सुनुवाईमार्फत भएका प्रतिबद्धताहरुमा वडाभित्रका विभिन्न टोलहरुमा आवश्यक रहेको तर चालू आर्थिक बर्षको कार्यक्रममा समाबेश हुन नसकेको योजनाहरुलाई आगामी आर्थिक बर्षमा प्राथमिकीकरणमा राखी बजेट विनियोजन गर्ने, मन्द्रादेखि कारागार हुँदै बौद्ध मन्दिरसम्म जाने सडक धुलाम्मे भई आवतजावतमा समस्या भइरहेकाले तत्काल प्रदेश सरकारसँग समन्वय गरी स्तरोन्नतिका लागि योजना अगाडि बढाउने, वडामा पिउने पानीको समस्या रहेकाले यथाशक्य खानेपानीको ब्यवस्थापन गर्ने, वडा कार्यालयभित्र रहेको जानकी मन्दिर ब्यवस्थापनका लागि बजेट विनियोजन भइसकेकाले तत्काल मन्दिर रंगरोगन र घेरबार गर्ने, वडाको रिहार टोलमा आवतजावतका लागि बाटो नभएको गुनासो आएकाले उक्त टोलमा सडक निर्माण आवश्यक रहेको समुदायबासीहरुको सहमतिसहित वडामा निवेदन आएमा निर्माण कार्यको पहल गर्ने र निस्सा वितरणका लागि जग्गा फाराम र निबेदनसहित वडामा आएमा प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गरिएको छ । 

यसरी गरिएका प्रतिबद्धताहरु सुनुवाईमा उपस्थित सरोकारवाला र सहभागीहरुले ताली बजाएर अनुमोदन गरेका थिए । प्रतिबद्धतामा वडा अध्यक्ष राजु रुचाल ठकुरी, वडा सदस्य भुमिसरा थापा मगर, भुवाने दमाई, शोभा कुमारी थारु, सितादेवी विश्वकर्मा र वडा सचिव मदन प्रसाद थारुले हस्ताक्षर गरेका थिए । बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले सहजीकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्देश्यमाथि बास नेपालका शोभा थापा मगरले प्रकाश पारेकी थिइन् भने चालू आर्थिक बर्षमा वडा कार्यालयले गरेको प्रगतिको प्रस्तुतिकरण वडा सचिव थारुले गरेका थिए । सुनुवाईमा एक सय बढी वडाबासीहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP