नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकार गैरे र सामाजिक अभियन्ता जोशीको बृत्तचित्र निर्माण
पत्रकार गैरे र सामाजिक अभियन्ता जोशीको बृत्तचित्र निर्माण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १३, २०८२ बागेश्वरी पोस्ट
पत्रकार गैरे र सामाजिक अभियन्ता जोशीको बृत्तचित्र निर्माण

नेपालगञ्ज । बाँके जिल्लामा पत्रकारिता क्षेत्रबाट लोकतन्त्रको बहालीको लागि निरन्तर संघर्ष गरेका अग्रज पत्रकार झलक गैरेको वृत्तचित्र सार्वजनिक भएको छ । एकाउन्टिविलिटि ल्याव र बास नेपालद्वारा सञ्चालित युवा नेतृत्व र जवाफदेहिता परियोजना अन्तर्गत मेरो कथा कार्यक्रममा उक्त वृत्तचित निर्माण गरिएको थियो । बाँकेमा पन्नालाल गुप्ता (चाचाजी) पछिको यो दोस्रो पत्रकारको वृत्तचित्र हो । २०६२/६३ को जनआन्दोलनमा लोकतन्त्रको पक्षमा जनताको हक र हितको लागि पत्रकारिताको माध्यमबाट आवाज उठाएको र कलम चलाएको योगदानको आधारमा उक्त बृत्तचित्र निर्माण भएको थियो । सोही कार्यक्रममा सामाजिक अभियन्ता दिपेन्द्र कुमार जोशीको वृत्तचित्र समेत सार्वजनिक गरिएको छ ।

वृत्तचित्रमा गैरेको आत्मकथा, संघर्षको यात्रा, पत्रकारिताको इतिहास र भूमिका, पत्रकारिता क्षेत्रमा संगठनात्मक रुपमा गरेको योगदान, युवा पुस्तालाई दिएको सत्मार्ग, लोकतन्त्रका लागि चालेका अभियानहरु, लोकतन्त्रको लागि लडिरहँदा भोगेका तिता अनुभवहरु समेटिएको छ । वृत्तचित्र प्रदर्शनी कार्यक्रममा बोल्दै गैरेले आफूले एक्लै सुरुवात गरेको अभियानलाई समाजले उच्च मूल्यांकन गरेकोमा गर्वको महसुस भएको बताउँदै आम युवाहरुलाई विदेशको सपना त्यागेर स्वदेशमै मातृभूमिको लागि पसिना बगाउन सुझाव दिए । उनले युवाहरुलाई सचेत गराउँदै आम युवाहरु अहिलेको अवस्थामा उचित मार्गदर्शनको खोजीमा रहेको र समाज तथा देशको राजनीतिक अवस्थाले युवालाई सही मार्गदर्शन गर्न नसकेको तर्क प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले गैरे पत्रकारिताको ऐना भएको र उक्त ऐनाबाट समाजमा दैनिक नेपालगञ्जका नामबाट संसार नियाल्न पाएकोमा खुसी व्यक्त गर्दै उनले पत्रकारिता र लोकतन्त्रका लागि गरेको संघर्षको प्रशंसा गरे । उनले सामाजिक अभियन्ता जोशीले लागूऔषध विरुद्ध चालेको कदमको उच्च सम्मान गर्दै लागुऔषध दुब्यर्सन रोक्न सबै लाग्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आफूले अंगालेको पेशाको व्यक्तिको वृत्तचित्र निर्माण भएकोमा समग्र पत्रकार जगतकै शिर उच्च भएको तर्क गर्दै बास र एकाउन्टिविलिटि ल्यावलाई धन्यवाद ज्ञापन गरे । उनले पत्रकार गैरेले युवा पुस्तालाई समेत पत्रकारिता पेशामा डो¥याउन प्रेरणा प्रदान गरेको बताए । कार्यक्रममा सामाजिक अभियन्ता जोशीले लागुऔषध नियन्त्रणको लागि आफूले निरन्तर प्रयास गरिरहेको र उक्त अभियानमा सवै जुट्न आग्रह गरे ।

कार्यक्रममा पत्रकार, शिक्षक, सामाजिक संघसंस्थाको प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न पेशामा संलग्न युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहराले गरेका थिए भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP