नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • समुदायमा अग्रणी भूमिका निर्वाह गर्ने मुस्लिम महिलाहरुको प्रतिबद्धता
समुदायमा अग्रणी भूमिका निर्वाह गर्ने मुस्लिम महिलाहरुको प्रतिबद्धता
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १३, २०८२ बागेश्वरी पोस्ट
समुदायमा अग्रणी भूमिका निर्वाह गर्ने मुस्लिम महिलाहरुको प्रतिबद्धता

नेपालगञ्ज । सकारात्मक सोचका साथ समुदायमा अग्रणी भूमिका निर्वाह गर्ने बाँकेको खजुरामा सम्पन्न एक तालिममा सहभागीहरुले बताएका छन् । मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एवम् नेतृत्व विकास सम्बन्धि तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै सहभागी महिलाहरुले यस्तो बताएका हुन् । 

तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै सहभागीहरुले सकारात्मक सोचका साथ अगाडि बढेमा मुस्लिम महिलाहरुले समेत अन्य महिला सरह सफलता हासिल गर्न सक्ने कुराको अनुभूति तालिमबाट भएको बताए । समुदायमा असल कार्य गर्न सधैं अग्रसर रहने बताउँदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्ने सहभागीहरुले प्रतिबद्धता गरेका छन् । 

तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला न्यौपानेले तालिम पश्चात सहभागीहरुको ब्यवहारमा परिवर्तन आएको बताउँदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्न अनुरोध गरिन् । गाउँपालिकाले महिलाहरुका लागि विभिन्न तालिमहरु आयोजना गर्ने गरेको बताउँदै पालिकामार्फत हुने कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिन् । यसैगरी कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले मुस्लिम महिलाहरुको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको भन्दै सहभागीहरुको प्रतिक्रिया सुन्दा तालिम उद्देश्यपरक भएको बताए । उनले तालिमबाट सिकेको कुरा आफ्नो हक अधिकारहरुको लागि प्रयोग गर्न सहभागी महिलाहरुलाई अनुरोध गरे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको तालिम समापनको सञ्चालन बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । जेष्ठ ११ गतेदेखि सञ्चालन भएको तालिममा बासका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, निवर्तमान अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष दिला शाह, महासचिव कल्पना अधिकारी, पूर्व अध्यक्ष रमेश सिटौला, निर्देशक हेमराज भट्ट, मुस्लिम अगुवा मैमुना सिद्धिकीले आत्मनिर्भर र नेतृत्वका विभिन्न बिषयमा सहजीकरण गरेका थिए । तालिममा खजुरा गाउँपालिकाका बिभिन्न वडाका ३३ जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको थियो । तालिमको संयोजन बास नेपालका राष्टि बुढा मगरले गरेका थिए ।  
 


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP