नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
बागेश्वरी पोस्ट
बुधबार, जेठ १४, २०८२ बागेश्वरी पोस्ट
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी

नेपालगन्ज । ‘स्थानीय स्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने नाराका साथ बाँकेको राप्तीसोनारी गाउँपालिकामा प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको प्वाँखबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन सम्वन्धि ३० दिने तालिम बुधवार सकिएको छ । 

तालिम समापन कार्यक्रमलाई सम्वोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले सिकेको सीपलाई व्यवहारिक जीवनमा उर्तान पनि आग्रह गरे । सबैलाई रोजगारी दिन स्थानीय सरकारले नसक्ने भएकोले कम्तिमा पनि आवश्यकताका आधारमा यस्तै सीप सिकाएर अर्थोपार्जनमा सहजीकरण गर्ने काम गर्दै आएको उनले बताए । बढ्दो वेराजगार समस्या समाधानका लागि पनि यो तालिम उपयोगी हुने उनको भनाई छ । 

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले मकैका प्वाँख र थाकलबाट झोला र टोपी उत्पादन गर्ने सीप सिकाएर आत्मनिर्भर बनाउने प्रयासमा पालिका लागेको बताए । ‘अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैका प्वाँख तथा थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ति उत्पादन गरेको छ,' उनले भने–‘यसले एकातिर आयआर्जनमा टेवा पुर्याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरु विदेश निर्यात हुँदा पालिकाको पहिचान पनि हुने भयो ।’ ओम राजश्री मल्टि एग्रो प्रालिले पालिकासँगको सहकार्यमा सीप सिकाउने काम गरेको उनले बताए । 

स्थानीयले उत्पादन गरेका हस्तकलाका सामग्री प्रालिले नै खरिद गर्ने जिम्मा लिएको छ । गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा तालिम गरिएको हो । तालिममा ६० जना सहभागी भएका थिए । लक्षित वर्ग अन्तर्गत कुमाल, वादी, खुना, मुक्त कमैया, मुक्त कमलहरी, अपांगता, द्वन्दपीडित, एकल महिला लगायतलाई प्राथमिकतामा राखेर तालिम दिइएको पनि उनले बताइन् । गाउँपालिकाका ९ वटै वडालाई लक्षित गरेर ४ ठाउँमा तालिम भएको हो ।


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नरैनापुरमा आगलागी, १५ घर जले
नरैनापुरमा आगलागी, १५ घर जले
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP