नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १५, २०८२ बागेश्वरी पोस्ट
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का युवाहरुलाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका बिषयमा एक दिने अभिमुखीकरण गरिएको छ । युवा बर्गलाई सशक्तिकरण कार्यक्रम अन्तरगत वडा कार्यालयको सहयोगमा नाइस नेपालगन्जले आज उक्त अभिमुखीकरण गरेको हो । 

अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एबम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मीले वडाभित्र रहेका युवाहरुको क्षमता अभिबृद्धि गरी सामाजिक कार्यमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । युवाहरुले अगुवाई गरी कार्य गरेमा मात्रै समाजको विकास सम्भव हुने भन्दै अभिमुखीकरणले युवाहरुको क्षमता अभिबृद्धि गर्ने विश्वास ब्यक्त गरे । उनले युवामैत्री स्थानीय शासनको अवधारणा अनुसार वडा अगाडि बढ्ने योजनामा रहेको बताउँदै वडाका सबै युवाहरुलाई एकजुट भएर लाग्न अनुरोध गरे । वडा भित्रका युवाहरुको क्षमता अभिबृद्धि गर्ने, युवाहरुको नेतृत्व विकास गरी युवामैत्री स्थानीय शासनबारे जानकारी गराउने, युवा र वडा बीचको समन्वय र सम्बन्धलाई बढावा दिँदै वडाको समग्र विकासमा युवा परिचालन गर्ने र युवा क्लबको आगामी कार्ययोजना तयार गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको थियो । 

अभिमुखीकरण पश्चात् सहभागी युवाहरुले वडा स्तरीय युवा क्लबलाई सक्रिय बनाउँदै वडाको अभियानमा सहयोग गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सामाजिक कुरीतिका बिषयमा आवाज प्रवाह गर्ने, नियमित सरसफाई अभियान सञ्चालन गर्ने लगायतका क्रियाकलाप समेटेर कार्ययोजना तयार गरेका छन् । अभिमुखीकरणले नेतृत्व, युवामैत्री स्थानीय शासन लगायतका बिषयमा जानकारी हुनुका साथै हौसला र उत्प्रेरणा थपेको बताउँदै सिकेको कुरालाई ब्यवहारमा लागू गर्ने सहभागीहरुले प्रतिबद्धता गरेका छन् । 

अभिमुखीकरणमा नेतृत्व विकास, युवामैत्री स्थानीय शासन, स्थानीय विकास निर्माण प्रक्रिया र युवा सहभागिताका विभिन्न बिषयमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नाइसका अध्यक्ष हेमराज भट्ट, मन भण्डारी र शोभा थापा मगरले सहजीकरण गरेका थिए । 

अभिमुखीकरणको क्रममा युवा उत्प्रेरक खुमेश सुवेदीले उत्प्रेरणा थपेका थिए ।नाइस नेपालगन्जका सहसचिब माधब कार्कीले सञ्चालन गरेको तालिममा स्वागत उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिइन् । तालिममा वडाका विभिन्न टोलका गरी १८ जना युवाहरुको सहभागिता रहेको थियो । 

 


प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २३:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नरैनापुरमा आगलागी, १५ घर जले
नरैनापुरमा आगलागी, १५ घर जले
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP