नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १६, २०८२ बागेश्वरी पोस्ट
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने

नेपालगन्ज । बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने भएका छन् । सबै स्थानीय तहहरुबीच विपद जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारीरुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ । 

आज कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पालिकाहरुले विपद व्यवस्थापनमा भए गरेका गतिविधिको जानकारी गराउँदै आपतकालीन अवस्थामा साझेदारीमा काम गर्न जोड गरेका थिए ।

सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वय तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, खजुरा गाउँपालिका अध्यक्ष डम्मर विक लगायतले पूर्व सूचना प्रणाली, दमकल सेवा, छाडा चौपाया व्यवस्थापन, राहत व्यवस्थापन लगायतका कार्यहरुमा साझेदारीमा काम गर्नुपर्ने कुरामा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले समग्र जिल्लामा अन्तरपालिका समन्वयले प्रतिकार्य प्रभावकारी हुने बताए । 

बैठकले मनसूनको बेला समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने, राप्तीसोनारी गाउँपालिकामा छाडा चौपाया व्यवस्थापनका लागि अन्य पालिकासंग साझेदारीका लागि समझदारी तयार गरी अर्को बैठकबाट निर्णय गर्ने लगायतका निर्णय गरेको सूपर कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

बैठकले आगामी अन्तरपालिका बैठक खजुरा गाउँपालिकाको आयोजनामा हुने समेत निर्णय गरेको छ । कार्यक्रममा बाँकेका पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विपद फोकल पर्सन, जिल्लास्थित सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

 


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग 
नेपालगञ्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग 
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
बाँकेका स्थानीय तहहरुले विपद व्यवस्थापनमा सहकार्य गर्ने
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
युवालाई नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
हस्तकलाका सामग्री बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउँदै राप्तीसोनारी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP