prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा एक बर्षमा बैदेशिक रोजगारी सम्बन्धि समस्यामा परेकालाई १ करोड ३५ लाख आर्थिक सहायता
बाँकेमा एक बर्षमा बैदेशिक रोजगारी सम्बन्धि समस्यामा परेकालाई १ करोड ३५ लाख आर्थिक सहायता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २२, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा एक बर्षमा बैदेशिक रोजगारी सम्बन्धि समस्यामा परेकालाई १ करोड ३५ लाख आर्थिक सहायता

नेपालगञ्ज । बाँकेमा बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदार र कामदारका घरपरिवारलाई पछिल्लो एक बर्षमा १ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक बर्ष २०८१/०८२ मा आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १०३ समस्या मध्ये ४२ वटा समाधान भएका छन् । ६१ वटा समस्या अझै प्रक्रियामा छन् । चालू आर्थिक बर्षमा बाँकेमा ४९ वटा ठगी, १८ जनाको मृत्यु, स्वास्थ्य समस्या भएका ३ जना, जेल २, हराएको १०, उद्धार १५, स्थानीय तहद्वारा रिफर २ र अन्य ४ गरी १०३ वटा समस्या आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका थिए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन भए यता बाँकेमा हालसम्म ६ करोड ९७ लाख ६२ हजार २ सय ५८ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको सामीका बाँके जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले जानकारी दिए । नेपालीका अनुसार हालसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ४२५ समस्या मध्ये २५१ वटा समाधान भएका छन् । १७४ वटा समस्या अझै प्रक्रियामा छन् ।

नेपालगञ्जमा आज आयोजित पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा सामीका जिल्ला संयोजक नेपालीले बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, विरामी वा अंगभंग भएका, मृत्यु भएका कामदारका परिवारलाई क्षतीपूर्ति रकम, बीमा रकम लगायतमा सहायता प्रदान गरिएको बताए । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ । आगामी आर्थिक बर्षदेखि डुडुवा र राप्तीसोनारीमा सामी कार्यक्रम सञ्चालन हुँदैछ । बाँकेमा आर्थिक बर्ष २०७५/०७६ देखि सामी कार्यक्रम सुरु भएको हो ।

सामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सूचनामा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच र निःशुल्क सीप सेवा प्रदान गरिरहेको छ । सामी कार्यक्रम ७७ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालित छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाले भन्योः 'आन्दोलनको नाममा विपक्षीद्वारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज'
डुडुवाले भन्योः 'आन्दोलनको नाममा विपक्षीद्वारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज'
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP