नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अदालतद्वारा डुडुवा न्यायिक समितिको निरीक्षण
अदालतद्वारा डुडुवा न्यायिक समितिको निरीक्षण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ ३१, २०८२ बागेश्वरी पोस्ट
अदालतद्वारा डुडुवा न्यायिक समितिको निरीक्षण

डुडुवा (बाँके) । स्थानीय तह अन्तर्गत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गरेको छ । जिल्ला न्यायाधीश सहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसंग छलफल गरेको छ । 

गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला, मुद्दा सिफारिस र अभिलेखीकरण लगायत विभिन्न प्रक्रियाका बारेमा पालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शाहिदा बानोले जानकारी गराएकी थिइन् । 

जिल्ला अदालतका न्यायाधीश दिपक घिमिरेले डुडुवाको न्यायिक समितिको न्याय सम्पादन, अदालतको कार्यशैली, ढाँचा र निर्णय प्रक्रिया र व्यहोराको कार्य व्यवस्थित रहेको बताए । न्यायाधीश घिमिरेले न्यायिक समितिको कार्य उत्कृष्ट भएकाले सेवाग्राही तथा न्याय सम्पादनमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्दै न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दाका विषय लगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी समेत गराएका थिए । 

त्यस अवसरमा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले डुडुवा गाउँपालिकाका विभिन्न पक्ष र कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । अनुगमन टोलीले न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलेखीकरणका बारेमा आवश्यक जानकारी गराएको थियो । 

भेटघाटमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, न्यायिक समिति सदस्य काशीराम यादव, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय लगायतको सहभागिता रहेको थियो । निरीक्षण टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेतको अध्ययन गरेको थियो । समितिको निरीक्षणपछि अदालतले प्रतिबेदन समेत प्रदान गर्ने जनाएको छ । 

न्यायिक समितिले चालू आर्थिक वर्षको साउनदेखि जेठ ३० गतेसम्म ८८ वटा मुद्दा दर्ता भएकोमा ५८ वटा मुद्दाको फच्र्यौट भएको र ३० वटा मुद्दा फच्र्यौटको प्रक्रियामा रहेको न्यायिक शाखाका कर्मचारी विवेक तिवारीले बताए । 


प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP