नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रोजगारीमा महिला सहभागिता बढाउन कोहलपुरमा वृहत संवाद
रोजगारीमा महिला सहभागिता बढाउन कोहलपुरमा वृहत संवाद
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २, २०८२ बागेश्वरी पोस्ट
रोजगारीमा महिला सहभागिता बढाउन कोहलपुरमा वृहत संवाद

कोहलपुर । कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रले रोजगारीमा महिलाहरुको सहभागिता बढाउने उद्देश्य अनुरुप आज वृहत संवाद गरेको छ । रोजगारीमा महिला सहभागिता विषयक उक्त संवादमा सहभागी भएका महिलाहरुले स्थानीय सरकारले आवश्यकताका आधारमा सीपहरु प्रदान गरे रोजगारीको वातावरण सिर्जना हुने बताए । उनीहरुले सीप प्रदान गर्ने सवालमा सबैको पहुँचलाई सुनिश्चित गर्न पनि माग गरे । 

कोहलपुर नगरपालिका वडा नं.२ लोकनगरकी लक्ष्मी अधिकारीले स्थानीय सरकारबाट आयआर्जन गर्न सक्ने खालका तालिम र सीपहरु आवश्यक रहेको बताइन् । कोहलपुर नगरपालिका वडा नं.१२ की सिर्जना शर्माले आफू रोजगारीतर्फ उन्मुख हुन चाहे पनि सीपको अभावमा व्यवसाय गर्न नसकेको बताइन् । उनी सीप सिकेर सिलाईकटाई व्यवसाय गर्न चाहेको पनि बताउँछिन् । 

करीब दुई सय महिला सहभागी उक्त संवाद कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले महिलाहरुलाई उद्यमशील बनाउन पालिकाले विभिन्न खाले सीपमूलक तालिम प्रदान गर्दै आएको बताए । उनले आवश्यकता र मागका आधारमा त्यस्ता तालिमहरु प्रदान गर्दै आएको बताउँदै प्राप्त तालिमको सदुपयोग गर्न पनि सुझाव दिए । 

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन सिलाईकटाई, व्युटिसियन, कफी, खाजा तथा नास्ता बनाउने लगायतका बेसिकदेखि एड्भान्ससम्मका तालिम प्रदान गर्दै आएको बताइन् । उनले तालिमसँगै आवश्यक प्रविधिको समेत पालिकाले सहयोग गर्दै आएको बताइन् । उनले पालिकाले पूर्वाधार विकासलाई मात्रै नभएर रोजगारीको वातावरण सिर्जना गर्ने गरी आफूहरु लागिपरेको बताइन् । 

कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले उद्यमशीलता र रोजगारमा जोडिन सर्वप्रथम व्यक्ति नै सक्रिय हुनुपर्ने बताए । उनले रोजगारीमा महिलाहरुको ठूलो सम्भावना रहेको बताउँदै उद्योग बाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए । सफल उद्यमी गीता विकले उद्यमी बन्नका लागि लगानीको भन्दा पनि इच्छाशक्तिको बढी जरुरी रहेको बताइन् । कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले महिलाहरुलाई रोजगार क्षेत्रको सम्भावना देखाउन संवाद कार्यक्रम गरिएको बताए । उनले कोहलपुर क्षेत्रका दुई सय महिलाहरुलाई कार्यक्रममा सहभागी गराएर रोजगारी क्षेत्रको अवस्था, पहिचान र सम्भावनाबारे संवाद गरिएको बताए ।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP