नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा !
जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा !
बागेश्वरी पोस्ट
सोमबार, असार २, २०८२ बागेश्वरी पोस्ट
जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा !

रबिन्द्र घिमिरे/जानकी (बाँके) । जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा भएको देखिएको छ । जानकी गाउँपालिकाको पूर्वाधार विकास सम्वन्धि आर्थिक वर्ष २०७९/८० देखि हालसम्म सम्पन्न भएका योजनाहरुको स्थलगतरुपमा प्रत्यक्ष अनुगमन गर्दा विकास तीब्र गतिमा भएको देखिएको हो । विशेष अनुगमन समितिको टोलीले पालिकाको वडा नम्बर १ देखि ६ सम्म वडागत रुपमा अवलोकन गर्दा विकास निर्माणको क्षेत्रमा तीब्र गतिमा काम भएको देखिन्छ । साथसाथै योजना निर्माण र कार्यान्वयन गर्दा जनताको माग र आवश्यकताको आधारमा समानुपातिक वजेट विनियोजन भएको समेत देखिएको छ ।

समग्र पूर्वाधार, शिक्षा ,स्वास्थ्य ,कृषितर्फ काम धमाधम भइरहेको छ भने केही निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै सामुदायिक विद्यालय, मन्दिर, मस्जिद र मदरसाको भवन निर्माणमा समेत गाउँपालिकाले लगानी गरेको छ । कतिपय योजनाहरुमा थप बजेटको आवश्यकता देखिएको छ । स्थलगत विशेष अनुगमनले आगामी आर्थिक वर्षमा योजना निर्माण गर्दा थप मार्गदर्शन गर्ने गाउँपालिकाले अपेक्षा गरेको छ । विकास निर्माणमा भइरहेका कार्य प्रगतिबाट स्थानीयहरु समेत सन्तुष्ट देखिएका छन् । जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँका पल्टुराम ठाकुर र वडा नम्बर ५ गुरुवागाउँका जाविर मनिहार तीब्र गतिमा विकासको काम भइरहेको बताउँछन् । उनीहरु पालिकाको कामप्रति सन्तुष्ट देखिन्छन् ।

६ वटै वडामा जानकी गाउँपालिकाले विनियोजन गरेको नीति तथा कार्यक्रम अनुरुप नै बजेट ल्याएको र सोही अनुरुप पूर्वाधारको क्षेत्रमा काम गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव बताउँछन् ।गाउँपालिकाले आफ्नो कार्य क्षेत्रभित्र गर्नुपर्ने विकास निर्माणका हरेक कामहरुको अनुगमन गर्नुपर्ने, निरीक्षण गर्नुपर्ने, त्यसबाट कस्तो परिस्थिति आउँछ, गाउँपालिकाबाट खर्च गरिएको बजेटको सदुपयोग के कस्तो रुपमा भएको छ, सबै तथ्याङ्क समेत लिनुपर्ने र त्यसलाई आगामी वजेट विनियोजनका लागि आधार तत्वको रुपमा लिनुपर्ने भएकोले अनुगमन जरुरी रहेको बताउँछन्, प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक ।

आफू निर्वाचित भएर आइसकेपछि हालसम्म १५ हजार मिटर पीच, पिसिसी, ग्राभेल, नाली निर्माण भइसकेको गाउँपालिका अध्यक्ष छब्बन खाँ बताउँछन । त्यस्तै सामुदायिक विद्यालय, मन्दिर, मस्जिद र मदरसाको भवन निर्माणमा समेत गाउँपालिकाले लगानी गरेको अध्यक्ष खाँले बताए । गाउँपालिकाको पूर्वाधार विकास सम्वन्धि आर्थिक वर्ष २०७९/८० देखि हालसम्म सम्पन्न भएका योजनाहरुको स्थलगतरुपमा प्रत्यक्ष अनुगमन पश्चात सोमबार गाउँपालिका अध्यक्ष खाँ, प्रमुख प्रशासकीय अधिकृत विक, १ देखि ६ नम्वर वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न समितिका संयोजकहरु, पालिकाका शाखा प्रमुखहरुको विशेष समिक्षा बैठक बसी आउने आर्थिक वर्षमा के कस्ता योजना ल्याउँदा जनतामुखी हुन्छ भन्ने विषयमा गहन छलफल भएको थियो 


प्रकाशित मिति: सोमबार, असार २, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP