नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ६, २०८२ बागेश्वरी पोस्ट
सामी कार्यक्रम प्रभावकारी !

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको उपलब्धि तथा बार्षिक समिक्षा सम्पन्न भएको छ । नेपालगञ्जमा आज आयोजित उपलब्धि तथा बार्षिक समिक्षा कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले सामी कार्यक्रम धेरै प्रभावकारी देखिएको उल्लेख गरे । उनले सामीको निरन्तरताको लागि बजेट ब्यवस्थापन गर्ने बताए । बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सामीले राम्रो काम गरिरहेको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सूचनामा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच र निःशुल्क सीप सेवा प्रदान गरिरहेको भन्दै त्यसको प्रभाव जनस्तरमा देखिएको बताए । कार्यक्रममा सामीका सम्पूर्ण कर्मचारीहरु लगायतको उपस्थिति थियो । 

सामीका जिल्ला संयोजक कमल सिंह नेपालीले बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, विरामी वा अंगभंग भएका, मृत्यु भएका कामदारका परिवारलाई क्षतीपूर्ति रकम, बीमा रकम लगायतमा सहायता प्रदान गरिएको बताए । बाँकेमा बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदार र कामदारका घरपरिवारलाई पछिल्लो एक बर्षमा १ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक बर्ष २०८१/०८२ मा आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १०३ समस्या मध्ये ४२ वटा समाधान भएको नेपालीले बताए । ६१ वटा समस्या अझै प्रक्रियामा छन् । चालू आर्थिक बर्षमा बाँकेमा ४९ वटा ठगी, १८ जनाको मृत्यु, स्वास्थ्य समस्या भएका ३ जना, जेल २, हराएको १०, उद्धार १५, स्थानीय तहद्वारा रिफर २ र अन्य ४ गरी १०३ वटा समस्या आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका थिए ।

सामी कार्यक्रम सञ्चालन भए यता बाँकेमा हालसम्म ६ करोड ९७ लाख ६२ हजार २ सय ५८ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको सामीका बाँके जिल्ला कार्यक्रम संयोजक नेपालीले जानकारी दिए । नेपालीका अनुसार हालसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ४२५ समस्या मध्ये २५१ वटा समाधान भएका छन् । १७४ वटा समस्या अझै प्रक्रियामा छन् ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ । आगामी आर्थिक बर्षदेखि डुडुवा र राप्तीसोनारीमा सामी कार्यक्रम सञ्चालन हुँदैछ । बाँकेमा आर्थिक बर्ष २०७५/०७६ देखि सामी कार्यक्रम सुरु भएको हो ।

सामी कार्यक्रम ७७ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालित छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 


 


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP