prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
banijya office
बागेश्वरी पोस्ट
शनिबार, असार ७, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्ने वडावासीहरुले आफ्नो वडा सामाजिक जवाफदेहिता र पारदर्शितामा अग्रणी रहेको बताएका छन् । १६५ जनाको सहभागिता रहेको कार्यक्रममा वडाबासीले वडाको प्रशंसा गर्दै स्थानीय सरकारको अभ्यास भएसँगै वडाले नियमितरुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको र त्यसको प्रभाव समुदायमा देखिएको बताएका छन् । 

nepalgunj 081-082

नागरिक र वडा बीच दोहोरो अन्तरसंवाद गरी नागरिकहरुका रचनात्मक सुझावहरु संकलन गर्ने, वडाले प्रवाह गरेका सेवा सुविधाहरुको बारेमा पृष्ठपोषण संकलन गर्ने, नागरिकहरुका सुझाव, सल्लाह र गुनासाहरु संकलन गर्ने उद्देश्यका साथ वडाले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो । बास नेपालले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले आफ्नो भनाई राख्दै नेपालगञ्ज उपमहानगरपालिकामा केही ठोस कार्य गर्न आफूमा नयाँ जोश-जाँगर रहेको र उपमहानगरपालिकाको स्रोत बढाउने विषयमा आफूले राखेको रचनात्मक प्रस्तावहरुमा सबै जनप्रतिनिधिहरु सकारात्मक रहेको हुँदा आगामी दिनमा व्यवसाय दर्ता तथा सञ्चालन लगायतको कार्यमा उद्यमीहरुलाई थप सहजीकरण गर्ने तथा नेपालगञ्जको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने बताए । उनले वडा नम्बर १ ले फोहोर व्यवस्थापन तथा विकास निर्माणको क्षेत्रमा गरेको कार्य प्रशंसनीय रहेको र त्यसको निरन्तरताको लागि सुझाव दिए । 

सहभागीहरुको प्रश्नको जवाफ दिँदै कार्यक्रमका प्रमुख जवाफदेही वक्ता वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले वडाको समग्र विकासको लागि आफूले दिन-रात प्रयास गरिरहेको र उपमहानगरपालिका, प्रदेश तथा संघमार्फत आएका योजनाहरुको कार्यान्वयनको समयमा वडावासीले सहजीकरण गरिदिनुपर्ने र कतै पनि विवाद ल्याउन नहुने बताए । उनले वडाले स्थापना कालदेखि नै सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको र यसमार्फत वडावासी र वडाको सम्बन्ध थप सुमधुर भएर जाने बताए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा ७ बुँदे प्रतिबद्धताहरु घोषणा गरिएको छ । प्रतिबद्धताहरुमा वडाले युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतको विषयलाई बजेट तथा कार्यक्रममा समेट्ने, धम्बोझी विद्यालय पछाडि बाल उद्यान तथा पार्कमा देखिएका अनैतिक तथा असामाजिक गतिविधिहरुलाई रोक्न सम्बन्धित निकायसँग समन्वय गर्दै त्यस्ता कार्यमा प्रतिबन्ध लगाउने, वडाका विभिन्न टोलहरुमा बाटो तथा नाली निमार्णको आवश्यकता रहेको भन्ने माग आएकोले आगामी वर्षमा क्रमशः प्राथमिकरणको आधारमा निर्माण गर्दै जाने, विभिन्न सार्वजनिक स्थल, बाटो तथा बाल उद्यानहरुमा देखिएका लागुऔषध दुब्र्यसनी, मद्यपान तथा धुम्रपान सेवनलाई रोक्न वडा कार्यालयले विशेष कार्यक्रम तर्जुमा गर्ने, लक्षित वर्गको कार्यक्रम अन्तर्गत महिला, दलित, बञ्चितीकरणमा पेरको समुदायलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, वडाको सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सूचना प्रणालीमा जाने तथा सूचना प्रवाहमा सबैको पहुँच स्थापित गर्ने रहेको छन् । 

कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए भने स्वागत मन्तव्य कार्यपालिका सदस्य तथा वडा नम्बर १ का वडा सदस्य कुमारी पुष्पा सिँहले राखेकी थिइन् । आज नै आयोजना गरिएको वडा भेला कार्यक्रममा वडा वासीहरुले आ-आफ्नो योजना तथा कार्यक्रम माग प्रस्ताव समेत पेश गरेका थिए । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रिजालले वडाको आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन पेश गरेका थिए ।


प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २०:२८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP