नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ८, २०८२ बागेश्वरी पोस्ट
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक

मानपुर (बाँके) । जानकी गाउँपालिका बाँकेको १८औं गाउँसभा सुरु भएको छ । "स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधार: जानकी गाउँपालिकाको समृद्धिको आधार" भन्ने नाराका साथ गाउँसभा सुरु भएको हो । 

गाउँसभामा गाउँपालिका अध्यक्ष एवम् सभा अध्यक्ष छ्ब्बन खाँको आदेशानुसार प्रवक्ता टिकानाथ यादवले २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । वार्षिक नीति तथा कार्यक्रममा छोरी बचाउ होइन छोरा सम्झाउ कार्यक्रम लागू गर्ने, कृषि प्रोफाइल तयार गर्ने, युवा स्वरोजगार कार्यक्रम गर्ने, कृषक अनुदान कार्यक्रम संचालन गर्ने, स्थानीय उत्पादनहरुको बजारीकरण गर्ने, पशु अस्पताल बनाउने, पशुहरुलाई नि:शुल्क खोप लगाउने विषयमा जोड दिइएको छ । 

यस्तै अति विपन्नलाई उद्यमशिलताका लागि विशेष कार्यक्रम संचालन गर्ने, वेरोजगारीको तथ्यांक अद्यावधिक र विश्लेषण गर्ने, रोजगारी सिर्जनामा जोड दिने, सहकारीको नियमन र व्यवस्थापन गर्ने, परम्परागत संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने, नमुना पार्क बनाउने, सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर विस्तार गर्ने, १५ शैयाको अस्पताल छिटो भन्दा छिटो संचालन गर्ने, सुत्केरीलाई उपाध्यक्ष कोशेली प्याकेज दिने, नसर्ने रोगको पहिचान गर्न ४० वर्ष माथिका सबैको स्वास्थ्य परीक्षण शिविर संचालन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि पालिकाले बनाएको पञ्च वर्षीय नीतिलाई कार्यान्वयनमा जोड दिने, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयसम्म ल्याउन र टिकाउन काम गर्ने, जग्गा नभएका र वडा कार्यालय नभएका वडामा जग्गा खरिद र कार्यालय निर्माण गर्ने, मूल सडकसंग जोडिने सहायक सडकहरुको स्तरोन्नति गर्ने, योगा हल निर्माण गर्ने, वृक्षारोपण गर्ने नीति अवलम्बन गर्ने, अनिवार्यरुपमा सम्पत्ति कर लागू गर्ने विषयलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ । 

आर्थिक वर्ष २०८२/८३ को अनुमानित बजेट भने असार ९ गते सोमबार बस्ने गाउँसभाको अर्को वैठकमा पेश गरिने गाउँपालिका उपाध्यक्ष एवम् सभा उपाध्यक्ष रामप्यारी यादवले बताइन् । गाउँसभाको संचालन प्रमुख प्रशासकीय अधिकृत एवम् सभाका सदस्य सचिव नर बहादुर विकले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP