prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ६४ करोडको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ६४ करोडको बजेट सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार १०, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ६४ करोडको बजेट सार्वजनिक

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नेपालगञ्ज-१४ भवानियापुरस्थित सिटी हलमा आज नगरसभाको १७औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयब्यय विवरण सार्वजनिक गरेका हुन् । 

paribartan 1

प्रस्तुत बजेटमा वडा कार्यालयको हकमा २० करोड रुपैयाँ र महाशाखा-शाखामार्फत संचालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँ सिलिङ्ग उपलब्ध गराइएको छ । यस्तै चालू खर्चतर्फ ३८ करोड ५६ लाख रुपैयाँ छुट्ट्याइएको छ । आम्दानीतर्फ वित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख हुने प्रक्षेपण गरिएको छ । 

त्यसअघि नगरसभाको १७औं अधिवेशनमा सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग-ब्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ ।

May be an image of 4 people, dais and text that says 'समद्र शहर, नगरवासीको रहर

कृषिको आधुनिकीकरण र व्यवसायीकरणको लागि आवश्यक कार्यक्रम संचालन गर्ने, गड्यौला मलको प्रयोग प्रबर्द्धन गर्ने, जडीबुटी खेतीलाई प्रबर्द्धन गर्ने, पशुजन्य संक्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिनहरु लगाउने, नेपालगन्जलाई पश्चिम क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवसायिक वातावरणको विकास गर्ने, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रको रुपमा विकास गर्ने, नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेष्टर्न नेपाल कार्यक्रममा आवद्ध गर्ने, जेष्ठ नागरिकका लागि घरघरमा गई नि:शुल्क औषधि उपचार तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत विषय छन् ।

यस्तै सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ्ग रुमसहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, धार्मिक विद्यालयको शिक्षालाई गुणस्तरीय र सान्दर्भिक बनाइने, 'ग' वर्गको अपांगता भएका व्यक्ति र अल्वानिज्मको समस्या भएका व्यक्तिको स्वास्थ्य बीमा गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको जगेर्ना र विकास गर्ने, नयाँ घर बनाउने नक्सा पास समेतको हकमा सफ्टवेयर प्रणाली अनिवार्य प्रयोग गरी एक घर एक रुखको अवधारणा अनुरुप भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गर्ने, संचार क्षेत्र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसंचार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने लगायतका विषय समेटिएका छन् । 

नगर अधिवेशनमा नगरसभा सदस्य एवम् नगर प्रवक्ता प्रमोद रिजाल, नगरसभा सदस्य एवम् वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, नगरसभा सदस्य एवम् वडा नम्बर १८ का वडा अध्यक्ष दीपक कुमार बर्मा, नगरसभा सदस्य एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, नगरसभा सदस्य एवम् वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेख, वडा नम्बर २० का वडा अध्यक्ष कैशल कुमार धोबी र नगरसभा सदस्य एवम् वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

स्वागत सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले गरेका थिए । अर्को वैठक असार २९ गते बस्नेछ । उक्त वैठकबाट नीति तथा कार्यक्रम र बजेट संशोधनसहित पारित गर्ने कार्यसूची छ । 

May be an image of 2 peopleMay be an image of 7 people, people studying and daisMay be an image of 6 people, people studying and daisMay be an image of one or more people and daisMay be an image of 2 people and people studying


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP