नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीेसोनारीको बजेट १ अर्ब २० करोड
राप्तीेसोनारीको बजेट १ अर्ब २० करोड
बागेश्वरी पोस्ट
मंगलबार, असार १०, २०८२ बागेश्वरी पोस्ट
राप्तीेसोनारीको बजेट १ अर्ब २० करोड

राप्तीसोनारी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७औं अधिवेशनमा आज उपाध्यक्ष मनिषा सिंह थारुले १ अर्ब २० करोड ६ लाख २९ हजारको बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालूतर्फ ८२ करोड १८ लाख २९ हजार र पुँजीगततर्फ ३७ करोड ८८ लाख विनियोजन गरिएको उपाध्यक्ष थारुले उल्लेख गरिन् ।

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा बसेको गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थारुले शिक्षातर्फ ३९ करोड ९ लाख ८५ हजार, पूर्वाधार विकासमा ३७ करोड ८८ लाख, सुशासन र संस्थागत विकासको लागि १७ करोड ८१ लाख, स्वास्थ्य संस्थाहरुको निर्माण र मर्मत सम्भारका लागि ८ करोड ७३ लाख ५० हजार, कृषि तथा पशुपंक्षीतर्फ २ करोड ९४ लाख, रोजगार कार्यक्रममा १ करोड १४ लाख ४४ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड २६ लाख ५० हजार बजेट विनियोजन गरिएकी जानकारी गराइन् । राप्तीसोनारीमा प्रत्येक वडालाई ९५ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँसभाको १७औं अधिवेशनको अर्को बैठक असार १६ गते बोलाइएको छ । उक्त बैठकमा बजेटमाथि छलफल हुने प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताए । त्यसअघि गाउँपालिका अध्यक्ष पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । सभामा विभिन्न विषयगत समिति संयोजकहरुले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । यस्तै गाउँसभाबाट विभिन्न ऐन र कार्यविधि पनि पारित भएका छन् ।

Rapti-Sonari-17-th-Sava-Photo-3-1750778981.jpgRapti-Sonari-17-th-Sava-Photo-4-1750778980.jpg


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नरैनापुरमा आगलागी, १५ घर जले
नरैनापुरमा आगलागी, १५ घर जले
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP