prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १६, २०८२ बागेश्वरी पोस्ट
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'

नेपालगन्ज । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले वेराजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा आज नेपालगन्जमा आयोजित स्थानीय सरकार/निजी क्षेत्र र सरोकारवालाबीचको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले स्थानीय सरकारले अहिले रोजगारीको क्षेत्र पहिचान गर्ने, सीप सिकाउने र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक परामर्श सेवा प्रदान गर्ने लगायतका कार्यहरु गर्दै आएको बताए । 

‘केही वर्ष अघिसम्म रोजगारका लागि आवश्यक परामर्श सेवा लिनै अलमलमा पर्ने अवस्था थियो,' उनले भने–‘अहिले त्यो अवस्था फेरिएको छ । स्थानीय तहमै शाखा स्थापना भएको छ ।’ उनले एकैपटक सबैलाई रोजगारी दिन र सीप सिकाउन नसकिने भएकाले आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले कामहरु गर्दै आएको बताए । 

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले रोजगारी प्रदान गर्ने सवालमा स्थानीय सरकारलाई चुनौतीपूर्ण रहेको भएपनि सीप सिकाउने काम गरेर वातावरण बनाउने काम गर्दै आएको बताइन् । संघीय सरकारले नै बजेट कटौती गरेको अवस्थामा स्थानीय सरकारलाई थप दवाव सिर्जना भएको उनको भनाई छ । तथापि खजुरा गाउँपालिकाले अन्य शाखाहरुमा बजेटको भोलुम घटाए पनि रोजगार सेवा केन्द्रलाई बजेट थप गरेको उपाध्यक्ष मल्लले बताइन् । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट, सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंह नेपाली लगायतले रोजगारीको पहिचान गरेर त्यसै अनुसारको उनीहरुलाई सीप सिकाएर बेराजगारी समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । 

रोजगार सेवा केन्द्र नेपालगन्जका प्रमुख  मन्जु ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण भने कोहलपुर नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले गरेका थिए । कार्यक्रममा केही पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सबै स्थानीय तहका रोजगार संयोजकहरुको पनि उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले बताए ।


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP