नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
बागेश्वरी पोस्ट
बिहीबार, असार १९, २०८२ बागेश्वरी पोस्ट
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु

नेपालगञ्ज । बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलोपटक आधुनिक प्रविधिमा आधारित 'ई-पालिका सेवा' सुरु गरेको छ । पालिकाले सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नयाँ नमुना प्रस्तुत गरेको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा सेवाग्राही प्रतिक्षालयको उद्घाटन गर्दै औपचारिक रूपमा ई-पालिकाको शुभारम्भ गरे । अध्यक्ष शाहीका अनुसार बैजनाथ गाउँपालिका जिल्लामै पहिलो ई-पालिका भएको छ ।

३७ लाखको लागतमा सेवा पूर्वाधार

ई-पालिका सञ्चालनका लागि पालिकाले करीब २० लाख रुपैयाँको लागतमा प्रतिक्षालय भवन र शौचालय निर्माण गरेको छ भने १७ लाख रुपैयाँ बराबरका आधुनिक उपकरण र मेसिन जडान गरेर सेवा सुरु गरेको हो । उक्त सेवा सर्वसाधारणका लागि खुला गरिएको छ ।

टोकन प्रणाली र अनलाइन सिफारिस सेवा

नयाँ व्यवस्था अनुसार अब सेवाग्राहीले लामो लाइन बस्नुपर्ने छैन । टोकन प्रणालीमार्फत सेवा प्राप्त गर्न सकिन्छ । प्रतिक्षालयमा एसीसहितको सुविधा र सेवा सञ्चालनका लागि दुई जना कर्मचारी परिचालन गरिएको प्रशासन शाखा प्रमुख तप्तराज आचार्यले जानकारी दिए ।

यस बाहेक वडा कार्यालयहरूबाट प्राप्त हुने सबै सिफारिसहरू अनलाइनमार्फतै उपलब्ध हुने व्यवस्था गरिएको छ । यसले पालिकाको सेवा छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास गरिएको छ ।

'हेलो अध्यक्ष' मार्फत निःशुल्क गुनासो सेवा

ई-पालिकासँगै पालिकाले 'हेलो अध्यक्ष' नामक गुनासो सेवा पनि सुरु गरेको छ । यो सेवा प्रयोगकर्ताले निःशुल्क टोल फ्री नम्बरमार्फत प्रयोग गर्न सक्नेछन् । नागरिकका गुनासा तत्काल व्यवस्थापन गरी समाधान गरिने अध्यक्ष शाहीले बताए ।

विशेष सहभागिता

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्य कमान सिंह सुनार, रुपा थापा, फरुदिन हलवाई, वडा अध्यक्ष देब बहादुर रावत, भूपाल पुन मगर लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

भविष्यका लागि नमुना सेवा

बैजनाथ गाउँपालिकाको यो सेवा अन्य पालिकाहरूका लागि समेत नमुना बन्ने विश्वास गरिएको छ । अध्यक्ष शाहीका अनुसार आगामी दिनमा थप प्रविधिमैत्री सेवाहरू थप्ने योजना समेत रहेको छ ।


प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP