prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २०, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको कुलिङ सेन्टर (शितलन केन्द्र) सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा वडा नम्बर ४ बसपार्क क्षेत्रभित्र निर्माण गरिएको कुलिङ सेन्टर सञ्चालनमा आएको हो । यो स्थानीय सरकारले सञ्चालनमा ल्याएको मुलुककै पहिलो कुलिङ सेन्टर हो ।

नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच कुलिङ सेन्टरको उद्घाटन गरे । नेपालकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा रहेको नेपालगञ्जमा पहिलोपटक कुलिङ सेन्टर बनाइएको हो । नगर प्रमुख विष्टले तातो हावाको लहर (लु) प्रतिकार्य योजना अनुरुप यात्रुहरुलाई लक्षित गरी बसपार्कभित्र कुलिङ सेन्टर निर्माण गरिएको बताए । नगर प्रमुख विष्टले असाध्यै गर्मीसंगै (लु) चलेको समयमा कुलिङ सेन्टरले नागरिकलाई राहत दिने बताए । उनले नगरका अन्य स्थानमा पनि आवश्यकताका आधारमा कुलिङ सेन्टर बनाउने योजना रहेको उल्लेख गरे ।  

नेपालगञ्ज उपमहानगरपालिकाको २७ लाख लागतमा निर्माण सम्पन्न भएको कुलिङ सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिए । वातावरणमैत्री संरचनायुक्त कुलिङ सेन्टरमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको बोहराले बताए । १२९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको इन्जिनियर चन्दन राज दासले बताए । नेपाल रेडक्रस सोसाइटीले १-१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको दासले जानकारी दिए । 

कुलिङ सेन्टर उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विपद समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, नेपाल रेडक्रस सोसाइटी बाँकेका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतको उपस्थिति रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । जय भवानी कन्स्ट्रक्सन नेपालगञ्ज-१२ बाँकेले कुलिङ सेन्टर निर्माण गरेको हो ।


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP