prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २४, २०८२ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण अन्तरगत प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा गरिएको सामाजिक परीक्षण अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो । 

paribartan 1

स्थानीय सरकारले हरेक आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रम र त्यसको सामाजिक उपलब्धि तथा कार्यसम्पादनको लेखाजोखाका लागि बर्षमा एक पटक सामाजिक परीक्षण गर्नुपर्ने प्राबधानलाई कार्यन्वयन गर्न, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १० को दफा ७८ को उपदफा ५ बमोजिम एक आर्थिक बर्षमा समग्र सामाजिक जिम्मेवारी पूरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्न, सामाजिक जिम्मेवारी, त्यसलाई पालना गर्न भएको प्रयास तथा कार्य सम्पादनको लेखाजोखा गर्ने प्रक्रियालाई कार्यान्वयन गर्नका कोहलपुर नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ मा सम्पन्न भएको योजना तथा कार्यक्रमको सामाजिक परीक्षण भएको हो ।

बास नेपालका कार्यक्रम प्रबन्धक तथा सामाजिक परीक्षक मन भण्डारीले सामाजिक परीक्षणको क्रममा गरिएको सन्दर्भ सामग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रित छलफल, संकलन, सूचनाहरुको संकलन तथा विश्लेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार गरिएको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रारम्भिक प्रतिवेदन प्रस्तुतिपछि खुला छलफल भएको थियो । पालिकाका राम्रा अभ्यासहरु, मुख्य उपलब्धिहरु, समस्या तथा चुनौतीहरु, पालिकाले आगामी दिनमा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरु प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीले सामाजिक परीक्षणबाट प्राप्त तथ्यहरु र सुझाबका आधारमा नगरपालिकाले आगामी योजना तर्जुमा गर्नुपर्ने उल्लेख गरेकी थिइन् । 

कोहलपुर नगरपालिकाको मुख्य उपलब्धि र असल अभ्यासहरु प्रतिवेदनमा उल्लेख भएको बताउँदै सामाजिक परीक्षणले औंल्याएका सुझावहरुलाई कार्यान्वयनमा लैजान नगरपालिकाले ध्यान दिनुपर्ने उपप्रमुख कार्कीको भनाई थियो । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले सामाजिक परीक्षणका माध्यमबाट नगरपालिकालाई महत्वपूर्ण सुझाव प्राप्त भएको बताए । यस्ता बिधिहरुले स्थानीय सरकारको सेवा, योजना र कार्यक्रमको पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न मद्दत गर्ने र सेवा प्रदायकलाई थप जिम्मेवार बनाउने गिरीको भनाई थियो । पालिकाले धेरै कामहरु गरेको भएपनि अभिलेखीकरणमा समस्या भएको बताउँदै उनले आगामी दिनमा कामको अभिलेखीकरणमा विशेष जोड दिन कर्मचारीहरुलाइ निर्देशन दिएका थिए । प्राप्त सुझावहरुलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरी पालिकामा पेश गर्नुपर्ने कुरामा जोड दिँदै प्रतिवेदनले औंल्याएका सुझावको कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रम बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुखहरु, गैसस प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP