prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २७, २०८२ बागेश्वरी पोस्ट
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड

नेपालगञ्ज । विपद् जोखिम पहिचान, ब्यवस्थापन र न्यूनीकरणका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड दिइएको छ । बाँकेका स्थानीय तहबीच विपद् ब्यवस्थापनमा अन्तरपालिका समन्वय, सहकार्य एवम् साझेदारी विषयक कार्यशाला गोष्ठीमा आपतकालीन कार्यसञ्चालन केन्द्रको प्रभावकारिता, स्वयंसेवक परिचालन, पालिकाबीचको आपसी सहकार्य र विपद् सूचना प्रणालीको प्रयोग तथा प्रभावकारिताका सन्दर्भका समूहगत छलफल गर्दै आपसी समन्वय, सहकार्य र साझेदारीमा जोड दिइएको हो ।

paribartan 1

आठ वटै पालिका, जिल्ला तथा प्रदेश तहका विपद् ब्यवस्थापन सम्बद्ध प्रतिनिधिहरुको उपस्थितिमा समूहगत छलफल गरी भावी कार्यदिशा र कार्ययोजनाका लागि पृष्ठपोषण समेत प्रदान गरिएको छ । त्यसक्रममा विपद् पहिचान, ब्यवस्थापन र न्यूनीकरणका लागि गरिएका असल अभ्यासहरुको अनुभव आदानप्रदानसंगै विभिन्न जटिलता र तिनको समाधानबारे पनि छलफल गरिएको थियो । 

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० को संयोजनमा कार्यक्रम सम्पन्न गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० ले नेपालगञ्ज उपमहानगरपालिकाभित्र विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्जलाई विपद् व्यवस्थापनको हवको रुपमा लैजान आपसी सहकार्यमा जोड दिए । उनले नेपालगन्जले विपद् व्यवस्थापनमा केही उदाहरणीय काम गरेको जानकारी गराउँदै विपद् पूर्व तयारी, प्रतिकार्य र पुनः लाभका लागि आपसी सहकार्य र साझेदारी महत्त्वपूर्ण हुने बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनी श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने बताइन् ।

लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विपद् व्यवस्थापनमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विपद् युद्ध र संकटको अवस्था भएको भन्दै अबको मुख्य लडाइँ विपद्संग हुने भन्दै त्यसका लागि तयारी आवश्यक रहेकोमा जोड दिए । युनडिपीका सुधिर कुमारले ज्ञान र काम गराईको बीचको अन्तर पूर्ति गर्न कार्यशालाले सहयोग पुग्ने बताए । युरोपियन युनियनका प्रतिनिधि सुजित महर्जनले नेपालगञ्ज उपमहानगरपालिकाले विपद व्यवस्थापनमा गरेको क्रियाकलापको प्रशंसा गरे ।

नेपालगञ्ज उपमहानगरपालिका वन, वातावरण तथा विपद् समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न कार्यशालामा युएनडिपी, युनिसेफ, युएन ओमन, एचआई, सिडिएम नेपालका प्रतिनिधिले सहजीकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संघीय मामिला तथा स्थानीय मन्त्रालयका जयराम उप्रेति, बाँकेका आठ वटै पालिकाका विपद् समिति संयोजकहरु, विपद् फोकल पर्सन, जेड्सी फोकल पर्सन, सम्बद्ध सरोकारवाला लगायतको उपस्थिति थियो ।

May be an image of 4 peopleMay be an image of 7 people and daisMay be an image of 8 people, lighting and dais


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP