नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २७, २०८२ बागेश्वरी पोस्ट
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता

नेपालगञ्ज । डुडुवा गाउँपालिका बाँकेले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजीकरणमा सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा वडा नम्बर ६ को हिरमिनियामा सम्पन्न सार्वजनिक सुनुवाईले ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । 

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा मन्थनपूर्वामा निर्माण सम्पन्न नालाको निकास नभएकोले यथाशक्य फिल्डमा प्राविधिक खटाई समाधानको पहल गर्ने, वडा नम्बर ६ को मकौलीमा हिलाम्य बाटोका कारण आवतजावतमा समस्या भइरहेकाले हप्ता दिनभित्र ग्राभेल खसालेर आवतजावत सहज गर्ने र दीर्घकालीन समाधानका लागि पहल गर्ने, गंघोटना लगायत टोलहरुमा बिद्युत भोल्टेजको समस्या देखिएकाले ट्रान्सफर्मर जडानको पहल गर्ने, हिरमिनियास्थित साविकको सशस्त्र बेश क्याम्प पछाडिको २०० मिटर बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने, अहेरपुर टोलमा ह्युमपाइप आवश्यक रहेकोमा पालिकाबाट उपलब्ध गराउने, स्वास्थ्य चौकीमा देखिएको औषधिको अभाव परिपूर्ति गर्ने र निर्माणाधीन सडकको गुणस्तरियताका बिषयमा सबै सजग रहने प्रतिबद्धता गरिएको छ । 

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको सुनुवाईमा स्वागत तथा उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए भने सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन-पत्र र बहिर्गमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । २५० बढी स्थानीयहरुको सहभागिता रहेको सुनुवाईमा सोधेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ सुनुवाईमा उपस्थित प्रमुख जवाफदेही बक्ता गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष शहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, वडा अध्यक्षहरु, शाखा प्रमुख लगायतले दिएका थिए । सार्वजनिक सुनुवाई वडा नम्बर ६ को सरस्वती माबि गंघोटनामा सम्पन्न भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP