prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३१, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । नेपालगन्ज उमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज सम्पन्न भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धताहरुको घोषणा गरिएको हो । 

paribartan 1

आठ बुँदे प्रतिबद्धताहरुमा उपमहागनरपालिकाले आगामी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रभावकारिताको लागि बहिरा अपाङ्गगता भएका व्यक्तिहरुको लागि दोभाषेको व्यवस्था गर्ने, कृष्णसार एफएम जाने बाटो आउने आर्थिक वर्ष २०८२/०८३ मा निर्माण सम्पन्न गर्ने, नेपालगन्ज वडा नं. १० भृकृटीनगर लगायत नगरभरीका सबै नालाको समयमै सरसफाई गरी डुवान मुक्त गर्ने, गणेशमान चोकदेखि औद्योगिक क्षेत्र अगाडिको सडक पेटीको सरसफाई र सौन्दर्यकरण गर्ने, असारे विकासका विषयमा प्राप्त गुनासोलाई न्यूनिकरण गर्नका लागि आगामी आर्थिक वर्षमा श्रावण महिनादेखि नै कार्यान्वयन कार्य योजना तयार गरी सार्वजनिकीकरण गर्ने र समयम नै काम सम्पन्न गर्ने, कृषि प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत नगरभित्रका कृषकहरुले ३ वर्षे कृषि योजना सहितको विवरण पेश गरेमा मुनासिवताको आधारमा २५ प्रतिशत कर छुट गर्ने, बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप २०८३ सम्म नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने गरी अभियान संचालन गर्ने, नगरका महत्वपूर्ण स्थानहरुमा सि.सि. टिभी क्यामरा जडान गरी नागरिक सुरक्षा, सतर्कता र निगरानी बढाउने तथा सडक बत्ती नभएका स्थानमा जडान गर्ने तथा विग्रिएका सडक बत्ती यथासक्य सुधार गर्ने र प्राविधिक कारणले संचालन हुन नसकेको नेपालगन्ज उपमहानगरपालिकाको लिफ्ट आगामी आ.व.को पहिलो चौमासिकभित्र संचालन गर्ने रहेका छन् । 

२३० जना नगरवासीको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागीहरुले नगर भित्रको बाटो तथा नालीहरु मर्मत गर्नुपर्ने, बालमैत्री स्थानीय शासनका कार्यक्रमहरुलाई तिव्रताको साथ अगाडि बढाउनुपर्ने, सहरभित्रका विभिन्न बजार क्षेत्रमा सडक बत्ती जडान गरिनुपर्ने, मुस्लिम समुदायका महिलाहरुलाई लक्षित गरी कार्यक्रम तर्जुमा गनुपर्ने, असारे विकासलाई अन्त्य गर्दै समयमा नै विकास निर्माणका कार्यक्रमहरु गर्नुपर्ने, बागेश्वरी मन्दिरलाई पर्यटकीय रुपमा विकास गरिनुपर्ने, जडिबुटी खेतीलाई प्रवद्र्धन गर्नुपर्ने, बालश्रम र लागुऔषध नियन्त्रण गर्नुपर्ने, वडाको सीमा नाका सम्बन्धमा देखिएका समस्या समाधान गर्नुपर्ने, नगरभित्रमा सौन्दर्यकरण गर्ने कार्य थालनी गर्नुपर्ने जस्ता सवालहरु उठान गरेका थिए । सहभागीहरुले उठान गरको सवालहरुको जवाफ उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विभिन्न वडाका वडा अध्यक्षहरु, महाशाखा तथा शाखा प्रमुखहरुले दिएका थिए । 

सुनुवाईमा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गरेका थिए भने बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमतको नतिजा सार्वजनिकीकरण गरेका थिए । बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरेका थिए । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले यस अघि भएका सार्वजनिक सुनुवाईको कार्यक्रममा भएका प्रतिबद्धता कार्यान्वयनको अवस्थाको जानकारी गराएका थिए । 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP