prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम
प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३२, २०८२ बागेश्वरी पोस्ट
प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम

कोहलपुर । बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला बनाउने तालिम सुरु भएको छ । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तरगत रेस्टलेस डेभ्लप्मेन्टको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । 

कोहलपुर नगरपालिका वडा नम्बर २ विशालनगरमा सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरि कठायतले बास नेपालले कोहलपुर नगरपालिकामा थालेको प्लाष्टिक मुक्त अभियान अत्यन्तै प्रभावकारी रहेको बताए । कोहलपुर नगरपालिकाले प्लाष्टिकजन्य बस्तुको प्रयोग घटाउन कानुन निर्माण गरेको बताउँदै बास नेपालले गरेको तालिमले पालिकाको नीति कार्यान्वयनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनमा पालिकाको ध्यान कार्यान्वयनमा हुने बताउँदै तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागू गर्न सहभागीलाई अनुरोध गरे । उनले सहभागीहरुले तयार गरेका कपडाको झोलाको बजारीकरणमा वडा र पालिकाले सहयोग गर्ने प्रतिबद्धता गरे । 

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वातावरण शाखा प्रमुख विर बहादुर थापाले हरित कोहलपुरको अभियानमा तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । कोहलपुरको मुख्य चुनौतीको रुपमा रहेको प्लाष्टिकको न्यूनीकरणमा बास नेपालले थालेको प्रयास अत्यन्तै सराहनीय रहेको उनको भनाई थियो । तालिममा स्वागत तथा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बास नेपालका निर्देशक हेमराज भट्टले वातावरणीय प्रभावको दृष्टिकोणले प्लाष्टिकको प्रयोग घटाउँदै प्लाष्टिक मुक्त कोहलपुरको परिकल्पनाका साथ अभियान सञ्चालन गरिएको बताए । सो क्रममा तालिमको बिषयबस्तुका बारेमा तालिमका प्रशिक्षक गिता बिकले जानकारी गराएकी थिइन् भने धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । कार्यक्रमको सञ्चालन बास नेपालका सिनियर सामाजिक परिचालक शोभा भण्डारीले गरेकी थिइन् । १० जना स्थानीय महिलाहरुको सहभागिता रहेको तालिम ५ दिनसम्म चल्नेछ । 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP