नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
RSG-2
साउन १ गतेदेखि खुल्दै वितरण केन्द्र
बागेश्वरी पोस्ट
बुधबार, असार ३२, २०८२ बागेश्वरी पोस्ट
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि

नेपालगञ्ज । ग्लोबल डेरीले कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना गरी बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवम् दुग्धजन्य पदार्थहरु उत्पादन गर्दछ । कम्पनीले ती बस्तुहरु उत्पादन गरी विक्रि वितरण गरिरहेको छ । हालसम्म नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी ८१ वटा संकलन केन्द्र एवम् चिस्यान केन्द्र स्थापना गरी दैनिक ४० देखि ५० हजार लिटरसम्म दुध संकलन गरी प्रशोधन, विविधिकरण र बजारीकरणको कार्य गर्दै आइरहेको ग्लोबल डेरी प्रालिका प्रबन्ध निर्देशक जनक न्यौपानले बताए ।

जसबाट बार्षिक करीब १.५ अर्ब रुपैयाँ बजारको पैसा संकलन भई ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको उनको भनाई छ । र, करीब २० हजार कृषक परिवारबाट उत्पादित दुध प्रत्यक्ष रुपमा संकलन भइरहेको छ । एक अर्बको लगानी रहेको ग्लोबल डेरीले २५० जनालाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीले जनाएको छ । प्रबन्ध निर्देशक न्यौपानेका अनुसार उनीसंगै थानेश्वर न्यौपानेको अगुवाईमा कमल न्यौपाने समेतले उक्त डेरी उद्योग सञ्चालन गर्दै आएका छन् । 

सुरुमा २०५२ सालमा पाल्पाको तानसेनमा थानेश्वरले डेरी उद्योग सञ्चालन गरेका थिए । त्यसपछि तीन जनाको मुख्य लगानीमा २०७० माघ १९ गते महाराजगञ्ज १ कपिलबस्तुमा दुग्ध संकलन केन्द्रको स्थापना भएको थियो । २०७२ सालदेखि भने कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना गरी कम्पनीले बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवम् दुग्धजन्य पदार्थहरु उत्पादन गरिरहेको छ । 

कम्पनीले अब नेपालकै ठूलो क्षमता हुने गरी अत्याधुनिक प्रविधि सहितको आफ्नो उद्योग विस्तार परियोजना कार्य समेत अगाडि बढाएको न्यौपानले जानकारी दिए । त्यस पश्चात् दैनिक २ लाख लिटर दुध प्रशोधन भई धुलो दुध लगायत अन्य प्रकारका दुग्ध एवम् दुग्धजन्य पदार्थ उत्पादन हुने बताइएको छ । यसले थप १ सय जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउने कम्पनीको भनाई छ ।

पश्चिम नेपालमा ग्लोबल डेरीद्वारा उत्पादित दुग्ध एवम् दुग्धजन्य पदार्थहरुको माग बढेपछि कम्पनीले बुद्धभूमि ब्राण्डका गुणस्तरीय पदार्थ विक्रि वितरण गर्न साउन १ गतेदेखि नेपालगञ्जमा पनि वितरण केन्द्र स्थापना गर्दैछ । कम्पनीले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो । प्रबन्ध निर्देशक न्यौपानेले पश्चिम नेपालमा अब गुणस्तरीय दुग्ध पदार्थको माग आफूहरुले पूर्ति गर्ने दाबी गरे । 

उनले कम्पनीले कृषकलाई आवश्यक पर्ने दाना चोकरको ब्यवस्था, पशु बीमामा सहयोग, भ्याक्सिनेशनमा सहयोग एवम् सामान्य खालको औषधि उपचारमा पनि सहयोग गर्दै आइरहेको बताए । न्यौपानले ग्लोबल डेरीले दुग्ध संकलन केन्द्रहरु विस्तार गरी दुग्ध संकलन कार्य सुरु गरे पश्चात बाँके र बर्दियामा 'मिल्क होलिडे' को समस्या नदेखिएको समेत बताए । बाँके र बर्दियामा विगत पाँच बर्षदेखि ३० वटा शाखा दुध संकलन केन्द्र छन् । 

कम्पनीले काठमाडौंमा पनि अर्को प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ । ग्लोबल डेरीले देश बाहिर पनि बुद्धभूमि ब्राण्डको छुर्पी निर्यात गरिरहेको छ । न्यौपानेले देशमै केही गर्ने हुटहुटीका साथ तीन जना युवा मिलेर यो कार्यमा दत्तचित्तका साथ लागेको बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीसहित पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम संचालन पत्रकार कमल डाँगीले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP