नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीले अति विपन्न बस्तीमा ११ शौचालय बनाइदियो
जानकीले अति विपन्न बस्तीमा ११ शौचालय बनाइदियो
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ४, २०८२ बागेश्वरी पोस्ट
जानकीले अति विपन्न बस्तीमा ११ शौचालय बनाइदियो

जानकी (बाँके) । जानकी गाउँपालिका वडा नम्वर २ स्थित छोटीपुरको अति विपन्न बस्तीमा जानकी गाउँपालिका, मिलाप संस्था र स्थानीय समुदायको लागत साझेदारीमा ११ वटा शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणले गर्मी र वर्षाको समयमा हुने विभिन्न संक्रामक रोग नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त बस्तीमा शौचालय निर्माणका लागि रु. ६ लाख ७९ हजार ७ सय ४५ लाख रुपैँया ३३ पैसा लागत लागेको हो । जसमध्ये गाउँपालिकाको विनियोजित रकम रु. ५ लाख ५० हजार र जनश्रमदान रकम रु. १ लाख ४६ हजार २ सय ४५ रुपैयाँ ३३ पैसा लागतमा शौचालय निर्माण भएका हुन् ।

पक्की शौचालय निर्माणले छोटीपुरको गाउँमा ११ घरधुरीका घरपरिवारका करीव ६० जना सदस्य लाभान्वित भएका छन् ।मधेशी समुदायको पनि खटिक जातीको बाहुल्यता रहेको उक्त गाउँमा प्रायः सबै घरहरुमा शौचालय थिएनन्, जसका कारण गर्मी समयमा विभिन्न संक्रमणको जोखिम निम्तिने खतरा रहेको थियो । अझ वर्षायाममा खुलारुपमा दिसापिसाब गर्दा संक्रामक रोगका साथै सर्प, अन्य किराको टोकाईको जोखिम रहेको छ । गरीब विपन्न समुदायको समस्या समाधान गर्नकै लागि आफूले राजनीति गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । "गाउँपालिका र मिलाप संस्थाले गरेर मात्र होइन, तपाईं स्थानीयहरुकै सक्रियतामा ११ वटा शौचालय निर्माण भएको हो, त्यसकारण पालिकाको लगानी देखिएको हो," उनले भने-"आउने दिनहरुमा तपाईंहरुले १ कठ्ठा जमिनको व्यवस्था मिलाएमा पालिकाको तर्फबाट खटिक परिवारको लागि विवाह मण्डप घर पनि पालिकाले बनाइदिन्छ ।"

स्थानीयहरु आफैं लागेर ११ वटा शौचालय बनेको छ तर कुनै ठेकेदारलाई शौचालय निर्माणको जिम्मा दिएको भए ५/७ वटा मात्र निर्माण हुने मिलाप संस्थाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर थापाले बताए । आफूहरु माटोको घरमा बस्नुपर्ने अवस्था रहेको भन्दै शौचालय पनि नभएकोले समस्या भएको स्थानीय बताउँछन् । आफूहरुलाई खेतबारीमा वर्षातमा रातविरात शौचालय जानुपर्ने वाध्यताले किरा, सर्पको डर र असुरक्षित हुने अवस्थाको अन्त्य भएको स्थानीयको भनाई छ । शौचालयको अभावमा स्थानीयहरु रातको समयमा अझै पनि खेतबारीमा जानुपर्ने हुँदा बालवालिका तथा महिलाहरु बढी जोखिमा पर्ने गरेका थिए । गाउँपालिकाले शौचालय बनाइदिएपछि उनीहरु खुशी छन् । स्थानीय अमृता खटिक, रघुराज खटिक, सुम्मत खटिक लगायतले शौचालय बनेपछि खुसी ब्यक्त गरेका छन् । 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP