नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
बागेश्वरी पोस्ट
सोमबार, साउन ५, २०८२ बागेश्वरी पोस्ट
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'

नेपालगञ्ज । बाल क्लबका पूर्व सदस्यहरुद्वारा सञ्चालित सहयात्री नेपाल बाँके र विन्दु कुँवर फाउण्डेशन तथा क्यान्सर पीडित सहयागी अभियन्ताहरुले नेपालगञ्जमा चियापान अभियान सञ्चालन गर्न लागेका छन् । 'एक चिया, एक जीवन, एक परिवर्तन' भन्ने नाराका साथ क्यान्सरबाट ज्यान गुमाएकी महिला विकास निरीक्षक विन्दु कुँवरको स्मरणमा क्यान्सर पीडित तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ चियापान अभियान सञ्चालन गर्न लागेको सहयात्री नेपाल बाँकेकी सदस्य श्वेता गुरुङले बताइन् । साउन ९ गते शुक्रबार नेपालगञ्जको त्रिभुवन चोकमा दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म स्टल राखेर चियापान गराइनेछ । चियाको स्टल राखेर निःशुल्क चिया खुवाइनेछ भने चिया खान आउने मनकारीहरुले स्वेच्छाले सहयोग गर्न सक्नेछन् ।

चिया अभियानबाट सहयोग भएको रकमको ८० प्रतिशत निलसागर सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने सहयात्री नेपालका कोषाध्यक्ष सल्मान सल्मानीले बताए । निलसागरको भवन बनेपछि एउटा कोठालाई विन्दु कुँवर स्मृति नामाकरण गरिनेछ । सहयोगको २० प्रतिशत रकम क्यान्सर पीडितलाई सहयोग गर्ने सहयात्री नेपालकी गुरुङले जानकारी दिइन् ।पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अभियान नयाँ र राम्रो भएको बताए । अभियानलाई सबैले सहयोग गर्नुपर्ने गिरीले बताए । विन्दु कुँवरकी छोरी सम्विधा थापाको उपस्थिति रहेको कार्यक्रममा कुँवरको योगदानको चर्चा गरिएको थियो । सम्बिधाले आमाको प्रेरणाले आफू सामाजिक अभियानमा सक्रिय हुँदै गएको बताइन् । क्यान्सर पीडित विन्दुको सन् २०२० मा निधन भएको थियो । कार्यक्रम सञ्चालन देवा बहादुर खत्रीले गरेका थिए । 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP