prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा सात दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न
नेपालगञ्जमा सात दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १६, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा सात दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सात दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम आज सम्पन्न भएको छ । तालिम समापन समारोहलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले विपद सबैको साझा समस्या भएको र यसका लागि संघ, प्रदेश तथा स्थानीय तहले मिलेर कार्य गर्नुपर्ने आवश्यकता औंल्याए । उलले विपद पूर्व तयारीमा आज गरिने लगानीले भोलिको दिनमा आइपर्न सक्ने सम्भावित जनधनको क्षति उल्लेख्य रूपमा कम गर्न सकिने बताउँदै यसका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

paribartan 1

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा नेपालगञ्ज उपमहानगरपालिकासँगको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालको प्राविधिक सहायता एवं युएनडिपि, युनिसेफ, युएन वुमन, एचआई र सिडिएमसँगको सहकार्यमा श्रावण १०-१६ गतेसम्म सञ्चालित तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका साथै कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकाका समेत गरी ९ महिलासहित जम्मा २४ जना नगर प्रहरी, दमकल कर्मचारी र समुदायमा क्रियाशील स्वयंसेवीहरूको सहभागिता रहेको थियो ।

May be an image of 16 people, people studying and text

लुम्बिनी प्रदेश आन्तरिक तथा कानून मन्त्रालयका सचिव लोक बहादुर सुनारले लुम्बिनी प्रदेशमा विपद व्यवस्थापनसँग सम्बन्धित नीति, कार्यक्रम र कार्यविधिहरूमा काम भइहेको बताउँदै तालिमका सहभागीहरूलाई आफूले सिकेको ज्ञान र सीप राष्ट्रिय सम्पत्ति भएको र त्यसको भरपूर उपयोग गर्न आग्रह गरे । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनारले विपद उत्थानशील नेपाली समुदाय निर्माण गर्नका लागि सबैलाई संगठित बन्न आह्वान गरे । त्यसका लागि प्राधिकरणका तर्फबाट योजनावद्ध ढङ्गले संघ, प्रदेश र स्थानीय तहमा बिभिन्न पहल भरहेको बताउँदै उनले तीनै तहका सरकारको समन्वयमा विपद पूर्व तयारीका लागि सार्थक प्रयास भइरहेको तथा यो तालिम त्यसकै एउटा पाटो रहेको बताए ।

तालिमका संयोजक डा. गणेश कुमार जिमी, सहभागीका तर्फबाट स्मृति कुमाल थारु, डिल्ली बहादुर चन्दले समेत आफ्ना भनाई राखेका थिए । सो अवसरमा युनिसेफका लुम्बिनी संयोजक डम्मर बोहराले शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना कार्यक्रमको त्रैमासिक प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।

तालिम समापन समारोहका अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विपद व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंह लगायत साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए । 

यसैबीच आजै विहान तालिमका सहभागीहरुले वाटरपार्कमा भूकम्प, आगलागी र बाढीका घटनाको कृत्रिम अभ्यास समेत गरेका थिए । कृत्रिम घटना अभ्यासको नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्ट लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनार, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, प्रबक्ता प्रमोद रिजाल, विपद समिति संयोजक समिर प्रताप सिंह लगायतले निरीक्षण गरेका थिए । 

May be an image of 7 people and grassMay be an image of 15 people

May be an image of 6 people and kayak


प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
नेपालगञ्जमा छाडा पशुको संख्या बढेपछि काञ्जीहाउस लगिँदै, शनिवार पनि ५५ पशुचौपाया काञ्जीहाउस पुर्याइयो
नेपालगञ्जमा छाडा पशुको संख्या बढेपछि काञ्जीहाउस लगिँदै, शनिवार पनि ५५ पशुचौपाया काञ्जीहाउस पुर्याइयो
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP