prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’ का लेखक सुवेदी सम्मानित
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’ का लेखक सुवेदी सम्मानित
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ६, २०८२ बागेश्वरी पोस्ट
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’ का लेखक सुवेदी सम्मानित

नेपालगञ्ज । मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथा संग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगञ्जमा एक कार्यक्रमका बीच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो । प्रा. डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कथा संग्रह र कथाकारहरुलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथा संग्रह मध्ये छनौट समितिले उत्कृष्ट ठहर्याएको कथा संग्रह ‘बहुरुपी’ लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिए । रेग्मीले आफू र आफ्नो धर्मपत्निको नाममा उक्त सम्मान स्थापना गरेका हुन् ।

कार्यक्रममा सम्मानित कथा संग्रहमाथि आफ्नो पाठकीय धारणा राख्दै डम्मर बिसीले लेखको पहिलो कथा संग्रहमै प्रभावशाली भाषाशैली र विषयवस्तुको बलियो पकड रहेको भन्दै कथाकार सुवेदीमा राम्रा कथा लेख्न सक्ने क्षमता देखिएको बताए । साथै उनले कथाहरुमा देखिएको फिल्मी शैली र छायाँलाई कम गर्दै लैजान सुझाव पनि दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखक सुवेदीले आफ्नो जीवनको पहिलो सम्मान र पुरस्कार प्राप्त गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सम्मानपछि थप उत्कृष्ट रचनाहरुका लागि प्रेरणा लिन लेखकलाई सुझाव दिए । स्रष्टा समाजका अध्यक्ष जैसीले आगामी दिनमा सम्मान प्रदान गर्दा थप गुणस्तरीय पुस्तक वा लेखकलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, प्रगतिशिल लेखक संघका सचिव हरि तिमिल्सेना र साहित्यकार कल्पना पौडेल ‘जिज्ञाशु’ले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बहुरुपी कथा संग्रहमा सामाजिक भेदभाव, आर्थिक असमानता, सांस्कृतिक संघर्ष र मानवीय संवेदनाहरूमा आधारित १५ वटा कथाहरु रहेका छन् । २०८१ सालमा प्रकाशित कथा संग्रहहरुमध्ये सर्वाधिक चर्चामा रहेको उक्त कथा संग्रह मदन पुरस्कारका लागि संक्षिप्त सूचीको उत्कृष्ट ७ भित्र र पद्मश्री साहित्य पुरस्कारको छ्नौटका लागि उत्कृष्ट १५ वटा पुस्तकहरुको सूचीभित्र पनि अटाएको थियो ।


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’ का लेखक सुवेदी सम्मानित
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’ का लेखक सुवेदी सम्मानित
नेपालीहरुको महान पर्व बडादशैं सुरु
नेपालीहरुको महान पर्व बडादशैं सुरु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP