नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • 'संगठनको मनोबल उच्च राख्दै जनअपेक्षा अनुरूप काम गर्नेछु’ : आईजीपी कार्की
'संगठनको मनोबल उच्च राख्दै जनअपेक्षा अनुरूप काम गर्नेछु’ : आईजीपी कार्की
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २७, २०८२ बागेश्वरी पोस्ट
'संगठनको  मनोबल उच्च राख्दै जनअपेक्षा अनुरूप काम गर्नेछु’ : आईजीपी कार्की

काठमाडौँ । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार सम्हाल्दै संगठनको मनोबल उच्च राखी जनअपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता जनाएका छन्।

गृह मन्त्रालयमा आज बिहान आयोजित विशेष समारोहमा ३३औँ प्रहरी महानिरीक्षकका रूपमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि कार्कीले सामूहिक नेतृत्व र सहकार्यको संदेश दिएका हुन् ।

‘सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै, मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिज्ञा गर्दछु,’ आईजीपी कार्कीले भने ।

आईजीपी बन्ने प्रतिस्पर्धामा उनका ब्याचमेट राजन अधिकारी र डा. मनोज केसी पनि दाबेदार थिए । प्रहरी नेतृत्वको प्रतिस्पर्धामा प्रायः ‘अस्वस्थ वातावरण’ सिर्जना हुने आलोचना भइरहेका बेला कार्कीले त्यस इतिहासलाई तोड्दै ‘सामूहिक नेतृत्व’ को सुरुवात गर्ने घोषणा गरेका हुन् ।

उनले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा पनि नेपाल प्रहरीले देखाएको सक्रियता र सहनशीलतालाई संस्थाको शक्ति भनेका छन् । ‘प्रतिकूल परिस्थितिमा पनि प्रहरी नागरिक सेवामा तत्पर रह्यो, जसले हाम्रो संस्थाको कर्तव्यनिष्ठ र सहनशीलतालाई पुनः पुष्टि गरेको छ,’ उनले उल्लेख गरे।

आईजीपी कार्कीले वित्तीय अपराध र साइबर अपराधलाई अहिलेका प्रमुख चुनौतीका रूपमा पहिचान गरे । ‘हाइटेक क्राइमको अनुसन्धान र नियन्त्रण गर्न अहिले प्रहरी नयाँ प्रकृतिका चुनौतीहरूसँग जुधिरहेको छ,’ उनले भने । दार्शनिक हर्मन गोड्सेनलाई उद्धृत गर्दै कार्कीले प्रहरी सेवाको गुणस्तर देशको लोकतन्त्रको गुणस्तरसँग प्रत्यक्ष सम्बन्धित हुने बताए । उनले प्रहरीको मनोबल र जीवनस्तर सुधार आवश्यक रहेको पनि प्रष्ट पारे ।

‘आधारभूत पोषण र सुविधा अझै पनि अपर्याप्त छन् — यो तथ्य सबैले महसुस गरेको कुरा हो,’ आईजीपी कार्कीको भनाई छ । 

 


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP