नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित
वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १, २०८२ बागेश्वरी पोस्ट
वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित

नेपालगन्ज । वेष्टर्न हस्पिटल प्रालि नेपालगन्ज आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा आर्थिक वर्ष २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने करदाता बनेको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । हस्पिटलका संचालक डा. विनोद कुमार थापाले सम्मान ग्रहण गरेका हुन् ।

नेपालगन्जमा आयोजित शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले कर प्रणालीमा समयसापेक्ष सुधार आवश्यक रहेको बताए । उनले करदातामैत्री वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, आइक्यान बाँकेका अध्यक्ष तेज प्रकाश दिक्षित, अडानका केन्द्रीय सचिव जुवेर राई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कर अधिकृत उदयराम केसीले स्वागत गरेको कार्यक्रमको संचालन अर्का कर अधिकृत किरण डाँगीले गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख न्यौपानेले प्रत्येक वर्ष कर उठ्ने क्रम क्रमशः वृद्धि भइरहेको बताए । आन्तरिक राजश्व कार्यालय नेपालगन्जको कार्य क्षेत्र बाँके र बर्दिया जिल्ला हुन् ।


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP