नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ११, २०८२ बागेश्वरी पोस्ट
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड

नेपालगञ्ज । नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । आर्थिक बर्ष २०७५/७६ मा मुलुकभर १७ प्रतिशत रहेको जीवन बीमाको पहुँच बर्षेनी बढ्दै गएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक बर्ष २०८२/८३ को असोजसम्म बीमाको पहुँच बढेर ४९.०५ प्रतिशत पुगेको छ । 

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा बीमा सचेतना अभिबृद्धिमा पत्रकारहरुको भूमिका बढाउन आज नेपालगञ्जमा आयोजित पत्रकारसंग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा कार्यालयका सहायक निर्देशक शिवराज विसीले प्रस्तुत गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सक्रिय बीमालेख संख्या ११ लाख रहेको छ । जसमा कुल ७ अर्ब ४३ करोड बीमा शुल्क संकलन भएको छ ।  विसीले नेपालमा जोखिमको अवस्था रहेको भन्दै नेपाल जलबायु परिवर्तनको जोखिममा १०औं, भूकम्पीय जोखिममा ११औं, मिश्रित विपद् १६औं र बाढी पहिरोको जोखिमका हिसाबले विश्वमा ३०औं स्थानमा रहेको जानकारी गराए ।

May be an image of text that says 'पत्रकारसग क्रेया तर मिति 0बੜे, बक पत्रकारज्यूहरसँग बीमा बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल बीमा प्राधिकरण NEPAL INSURANCE AUTHORITY लुभ्चिनी लुम्चिनीप्रेगकार्यालय प्रदेश कार्यलय शिवराज शिवराजवि.सी वि.सी सहायकनिर्देशक सहायक निर्देशक नेपाल बीमा प्राधिकरण मरান शिमा 고십별와 3002'

त्यसक्रममा पत्रकारहरुले बीमा साक्षरता र सचेतना अभिबृद्धिमार्फत बीमाको पहुँच बढाउन सकिने बताए । बीमाको बिषयमा केही नकारात्मक धारणा बनेकोले पनि यसलाई सर्वसाधारणले आवश्यकता भन्दा बाध्यात्मक रुपमा लिएको पाइएको अनुभव पत्रकारहरुले सुनाए । नेपाल बीमा प्राधिकरण बुटवल कार्यालयकी निर्देशक जमुना अर्याल आचार्यले बीमाको बुझाई र धरातलीय यथार्थबारे बुझ्न र सुझाब संकलन गर्न पत्रकारहरुसंग अन्तरक्रिया गरिएको बताइन् । उनले बीमाबारे सचेतना प्रबद्र्धन गर्न र बीमाका मुद्दालाई मिडियामा मूल प्रवाहीकरण गर्न पत्रकारहरुको रचनात्मक सहयोगको अपेक्षा राखेको बताइन् ।

May be an image of one or more people, suit, television, newsroom and text

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बीमाको दायरा र पहुँच बढ्दै गएको बताउँदै बीमा बारेको बुझाईमा पनि सुधार भएको बताए । सार्वजनिक सेवा प्रशारण नेपाल, नेपाल टेलिभिजन कोहलपुर प्रमुख निराजन खनालले आमनागरिकसम्म बीमाको महत्व र आवश्यकता प्रसार गर्न आवश्यक रहेकोमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बीमाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्न मिडियाको भूमिका रहने भन्दै बीमा बचत मात्र नभएर सुरक्षित भविष्यको आधार पनि भएको बताए । उनले आर्थिक क्षतिको भरपाई र सोधभर्नामा बीमाको उल्लेख्य भूमिका रहने बताए ।

कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी बाँकेका अध्यक्ष सिद्धान्तजंग शाह, पत्रकारहरु निरज गौतम, शंकर खनाल, शरण कर्माचार्य, करुणा शाह, सावित्री गिरी, माधव अधिकारी, लोकनाथ शर्मा, बैकुण्ठ प्रसाद अधिकारी लगायतले बीमा सम्बन्धि आफ्ना अनुभवसहित विभिन्न सुझाव र पृष्ठपोषण दिएका थिए । कार्यक्रमको सहजीकरण नेपाल बीमा प्राधिकरण बुटवलका बलराम गिरीले गरेका थिए । कार्यक्रममा नेपालगञ्जमा क्रियाशील विभिन्न बीमा कम्पनीका प्रमुख एवम् प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । 

May be an image of one or more people, people studying and table


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
बर्दियामा नेचर गाइड तालिम
बर्दियामा नेचर गाइड तालिम
वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित
वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP