नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १४, २०८२ बागेश्वरी पोस्ट
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने

नेपालगञ्ज । नेपालगञ्जमा पार्श्व संगीतसहित कविता प्रस्तुतिको कार्यक्रम आयोजना हुने भएको छ । अन्तरालले कवि बीपी अस्तुका एक दर्जन बढी कविताहरू पार्श्व संगीतसहित प्रस्तुत गर्ने कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम पुस १९ गते शनिबार आयोजना हुनेछ । प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भइरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

नेपालगञ्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, इभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो।

कवि अस्तु साहित्य र पत्रकारितामा सशक्त कलम चलाउँछन् । "मैले कविता लेख्न सिकेको शहरमै पहिलोपटक एकल कविता प्रस्तुति हुन लागेकोमा म उत्साहित छु," कवि बीपीले भने-"पार्श्व संगीतले कविता श्रवणलाई थप प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ ।" पार्श्व संगीतका लागि गायक महेन्द्र सेढाई सहितका संगीतकर्मीहरुले साथ दिनेछन् । हाल कार्यक्रमका लागि रिहर्शल भइरहेको छ ।

अन्तराल शृङ्खलालाई अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भइरहेको आयोजकले जनाएको छ । "कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरुले मन पराउने हाम्रो विश्वास छ," अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, "अन्तरालको यो मञ्चमा आगामी महिनाहरुमा कला, साहित्य, गीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ ।"

कार्यक्रम निर्धारित समयमा सुरु हुने र दर्शकहरु पलेटीमा बस्ने प्रवन्ध मिलाइएको आयोजकले जनाएको छ। कार्यक्रम अघिको आधा घण्टा भलाकुसारी र जलपानका लागि छुट्याइएको छ । कार्यक्रम शुरु हुनु १० मिनेट अघि हलको ढोका खुल्ने र एक घण्टा कविता प्रस्तुतिको कार्यक्रम रहनेछ । पाँच सय रुपैयाँको टिकट सुरुमा बुकिङ गर्नेहरूलाई ५० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ । टिकट अन्तरालको कार्यालय र विभिन्न क्याफेहरुमा उपलब्ध छ ।


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP