नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १५, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 

नेपालगञ्ज । तमु हयुल धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति बाँकेको आयोजनामा राष्ट्रिय पर्व तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव–२०८२ नेपालगञ्जमा सम्पन्न भएको छ । गुरुङ समुदायको मौलिक भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आज नेपालगञ्ज न्यूरोडस्थित बौद्ध गुम्बा परिसरमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता पर्व तथा महोत्सवले पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सवमा गुरुङ समुदायको सांस्कृतिक पहिचान झल्किने परम्परागत पोशाक, भेषभूषा, सांस्कृतिक नृत्य, मौलिक खानाका परिकार तथा धार्मिक विधिहरू प्रस्तुत गरिएको थियो ।

May be an image of one or more people

कार्यक्रममा तमु ल्होसारको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे नेपाल मगर संघका अध्यक्ष भुपेन्द्र पुन, कोण्डे–घोण्डे समाजका अध्यक्ष कर्ण गुरुङ, तामाङ घेदुङका अध्यक्ष सरोज तामाङ, थारु कल्याणकारी संघका अध्यक्ष संगीता चौधरी, तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष चेत बहादुर गुरुङ, युग बहादुर गुरुङ तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

त्यस अवसरमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् बाँकेका पूर्व अध्यक्ष युग बहादुर गुरुङ, तमुस्योका पूर्व अध्यक्ष सीता गुरुङ तथा यूके निवासी महेश गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा गुरुङ समुदायका अगुवा, बुद्धिजीवी, युवा, महिला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वागत मन्तव्य हरिता गुरुङले व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सोम गुरुङ र शोभा गुरुङले गरेका थिए । कार्यक्रम तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला बाँकेका अध्यक्ष भीम गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसैगरी, ल्होसारको अवसर पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाको आयोजनामा स्वास्थ्य चेकजाँच पनि सञ्चालन गरिएको थियो । स्वास्थ्य चेकजाँच सफल बनाउन हरपल होलिस्टिक होम केयर सेन्टर, नेपाल युनाइट्स, मानवता नेपाल तथा गोपाल नीना फाउन्डेसनले सहकार्य गरेका थिए ।  सो चेकजाँचमा १५० भन्दा बढी व्यक्तिको ब्लड प्रेसर र सुगर परीक्षण गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष अशोक थापाले जानकारी दिए ।

May be an image of one or more people and text


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP