नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • अन्तरालमा बीपीका कवितामा भिजे दर्शक स्रोता
अन्तरालमा बीपीका कवितामा भिजे दर्शक स्रोता
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २०, २०८२ बागेश्वरी पोस्ट
अन्तरालमा बीपीका कवितामा भिजे दर्शक स्रोता

नेपालगन्ज ।

हुरीमा पनि जीवन गीत गुनगुनाइरहनेछु

झरीको पनि यात्रागान सुनाइरहनेछु

आफ्नै तरंगहरूदेखि भागिहिँड्ने छैन

मर्न तयार हुनेछु, तर माटो छोड्ने छैन

एक दिन रुख हुनेछु ।

……….

कवि बीपी अस्तुले नेपालगन्जमा आयोजित अन्तरालको कविता वाचन कार्यक्रममा आत्मानुभूति प्रधान कविता ‘एक दिन रुख हुनेछु’ वाचन गर्दै गर्दा हलमा खचाखच भरिएका साहित्यानुरागी एकाग्र भएर सुनिरहेका थिए ।  नेपालगन्जस्थित वेस्टर्न मार्टको दोस्रो तल्लामा रहेको एउटा हलमा भुइँमा बिछ्याइएको सेतो तन्नामाथि पलेटीमा बसेका थिए–नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ लगायत पाँच सय रुपैयाँको टिकट लिएर कविता सुन्न आएका बाँके बर्दियाका साहित्यानुरागीहरु । काठमाडौंबाट सन्जोगले नेपालगन्ज आइपुगेका कवि नवराज लम्साल र सुर्खेतबाट आइपुगेका यसै वर्षको जगदम्बा श्री पुरस्कारले पुरस्कृत वरिष्ठ संगीतकर्मी प्रेमदेव गिरी पनि पलेटीमै बसेर कवितामा झुमिरहेका थिए ।

मन्चमा संगीतकर्मीहरुसहित प्रस्तुत भएका कवि विपी अस्तुले कार्यक्रमको सुरुमै भने, ‘यो मेरो हजुर आमाको समयको प्रेम कहानी हो’ । अनि हार्मोनियम, गितार र बाँसुरीको धुनमा सुनाए कविता, ‘हामी त पिरती लाउथ्यौँ' ।नेपालगन्जमा कुनै कविको पार्श्व संगीतसहित टिकटमा एकल कविता वाचन भएको पहिलो कार्यक्रममा प्रस्तुत भएका कवि बीपी अस्तुका कवितासँगै सहभागीहरु पनि मुस्कुराए, रोए, एकाग्रतामा पुगे । अन्तरालले आयोजना गरेको पार्श्व संगीतसहित कविता प्रस्तुतिको कार्यक्रममा अस्तुले रोजगारीका लागि परदेशिनुपर्ने पीडामाथि लेखेको कविता ‘नखस्नु’ सुनाउँदा आफूलाई सम्हाल्न सकेनन् । उनले उक्त कविता वाचन गरिरहँदा हलभरी पनि सुक्क सुक्कको आवाज गुन्जिरहेको थियो ।

अस्तुले परदेशिन नसकेका युवाहरुको अनूभुतिमाथि लेखेको ‘थुप्रै कारण’ र सन्तान परदेशिएका अभिभावकको अनूभुतिमाथि लेखेको ‘बिर्सेछौँ’ शिर्षकको कविताको भावमा पनि दर्शक स्रोताहरु एकाकार भएको देख्न सकिन्थ्यो । कवि अस्तुले ऋग्वैदिक नारी ऋषि वागाम्भृणिलाई बिम्ब बनाएर अहिलेका नारीहरुको भोगाईलाई प्रस्तुत गरेको कविता ‘वागाम्भृणि’ ले आफूहरुलाई उद्धेलित बनाएको सहभागीहरुले बताए ।‘ आत्मबन्दी’, ‘गन्तव्य’ कविता सुनाउँदा दर्शक स्रोताहरु एकाग्रपूर्ण भएर कविता सुने । उनले आफैंलाई आलोचना गरेको भने सुनाएको ‘डरपोक समय’ कवितामा भने,

……

म इतिहासकै डरपोक समय

जब जब डर लाग्यो मैले चिच्याएर

कसैको जयगान गाएँ

सुरक्षा खोज्दै राक्षसको शरणमा पुगेँ

…….

यस्तै ‘डिप फेक’ मा उनले वर्तमान समयको दुर्बलतामाथि बोले भने 'प्रेम कल्प’ र ‘दाग’ कवितामा प्रेमिल भएर प्रस्तुत भए । उनले पर्यावरण ह्रासको समस्यामाथि लेखिएको पानीको चेनावनी कवितामा भने,

…..

ए मान्छे तैले कहिल्यै तेरो डिएनएलाई सन्चो बिसन्चो सोधेको छस् ? उसका आँखाहरूलाई प्यास लागेको पो छ कि ? तेरो मरुभूमिमा रुपान्तरित मस्तिष्कले जन्माएको घमण्डका क्याक्टसबारे तेरो के धारणा छ ?

……..

कवि अस्तुले पर्यावरण ह्रासकै समस्यामाथि लेखेको कविता ‘बिन्दु’ र नेपालगन्जको एक सीमान्तकृत समुदायको समस्यामाथि लेखिएको ‘अनिँदो जीवन’ शिर्षकको कविता पनि कार्यक्रममा सुनाए । कविता सुनिसकेपछि कवि लम्सालले भने, ‘अहिले कविता कि वस्तुवादी भएर लेखिएका छन् कि आत्मगत भएर । बीपीले सुनाएका कवितामा वस्तुवादी भएर पनि आत्मगत चिन्तनको गहिरो अनुभूति मिसिएको पाएँ । हाम्रो आयु एक वर्ष बढाइदिएकोमा बीपी तिमिलाई धन्यवाद ।’ वरिष्ठ सँगीतकर्मी गिरीले आफूले संगीतका धेरै कार्यक्रममा सहभागिता जनाए पनि अन्तरालको कार्यक्रम शब्द र संगीतको बेजोड संगमको रुपमा उत्कृष्ट कार्यक्रमको रुपमा पाएको बताए । साहित्यकार ऋचा लुईँटेलले भनिन्, ‘अस्तुका कविता सुनिरहँदा आफैं कविताको भावमा आफू पनि एकाकार भएको जस्तो लाग्यो । कविताका पात्रहरु जस्तै आफू पनि भोक्ता भएको हुनाले झनै मलाई मनसम्मै छोएको अनूभुति भयो ।

लेखक नरेन्द्रजंग पिटरले भने, ‘आज कविता नसुन्ने भन्ने ठानिनेहरुले पनि पूरा समय बसेर कविता सुने । अन्तरालले बीपीलाई सुन्ने मन्च दिएर जरुरी काम गरेको छ ।’  डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, इभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था अन्तरालले करिब डेढ दशकपछि पलेटीमा बसेर साहित्य र संगीत श्रवण गर्ने कार्यक्रम आयोजना गरेको हो । यसअघि साहित्यकै गजल विधामा भोजराज शर्मा नादिरका गजल गायनको कार्यक्रम गरेको अन्तरालले कवितामा पार्श्व संगीतको पहिलो कार्यक्रम गरेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘अब यस्तो कार्यक्रमको आयोजनालाई निरन्तरता दिनेछौँ । अहिले एआईले गीत गाउने समयमा कवि र संगीतकर्मीहरुलाई आँखै अघि बसेर पलेटीमा सुन्ने कार्यक्रम अर्थपूर्ण र प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास छ,’ शाहले भने ।बीपीलाई पार्श्व सांगितमा गायक महेन्द्र सेडाई, तबलामा अनुभव अधिकारी, हमिङमा भोकलिष्ट सुरज घिमिरे, गितारमा रेनिस सेडाई, बाँसुरीमा समराज पोखरेल लगायतले साथ दिएका थिए ।

अन्तराल शृङ्खलालाई अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भइरहेको शाहले बताएका छन् । 'कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरुले मन पराउने हाम्रो विश्वास छ,’ अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, ‘अन्तरालको यो मंचमा आगामी महिनाहरुमा कला, साहित्य, सगीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ ।’


प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तरालमा बीपीका कवितामा भिजे दर्शक स्रोता
अन्तरालमा बीपीका कवितामा भिजे दर्शक स्रोता
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP