Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०८२ बागेश्वरी पोस्ट
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा

नेपालगञ्ज । दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी माघको १४ देखि नेपालगञ्जमा हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गतेसम्म संचालन हुनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगञ्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले प्रदर्शनीको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताइन् । उनले भनिन्,‘महिला दिदीबहिनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न यो प्रदर्शनी महत्वपूर्ण सावित हुँदै गएको छ । विगतमा जस्तै दशौं संस्करणलाई भव्य बनाउन सम्पूर्ण महानुभावहरुको हामीले सहयोगको अपेक्षा गरेका छौं ।’

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको १०औं संस्करण नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगद ग्रुपको मुख्य प्रयोजनमा हुन लागेको यस प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै कर्णाली र सुदुरपश्चिमका गरी करिब २ सय महिला उद्यमीहरुको सहभागिता रहने प्रदर्शनी संयोजक एवम महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताइन् ।

करिब ७० स्टल रहने प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको लागि राखिने महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताइन् ।

करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको आयोजकले आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रदर्शनीका दौरान विज्ञहरुको उपस्थितिमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि ‘बैकिंग कारोबार, उद्यमशिलताको बारेमा अभिमुखीकरण कार्यक्रमु को समेत आयोजना गरिनेछ । 

प्रदर्शनीले नवआगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन् । महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोख्ररेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताइन् । 
 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP