नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १, २०८२ बागेश्वरी पोस्ट
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल

नेपालगञ्ज । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको तेस्रो जिल्ला अधिवेशन आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष समिर बलामीको उपस्थितिमा सम्पन्न अधिवेशनबाट रामचन्द्र पौडेल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचिवमा लक्ष्मी तिमिल्सेना, सह–सचिवमा रजनी योगी तथा कोषाध्यक्षमा अमृता जैसी (निशु) चयन भएका छन् । सदस्यहरूमा रामप्रसाद आचार्य, सावित्री विश्वकर्मा, मोहम्मद जावेद हलवाई, गणेश राई, सौरभ राना र मनिषा खत्री चयन भएका छन् ।

अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष समिर बलामीले २०४९ सालमा केन्द्रीय समिति गठन गर्दाको परिवेश स्मरण गर्दै चलचित्र पत्रकार संघ अन्य विधागत पत्रकार संघ भन्दा धेरै शाखा भएको संगठन भएको उल्लेख गरे । पछिल्लो समय विशेषगरी चलचित्र पत्रकारितामा पत्रकारिता भन्दा विज्ञापनमुखी प्रवृत्ति बढ्दै गएकोतर्फ संकेत गर्दै उनले चलचित्र मात्र नभई मनोरञ्जन, कला–साहित्य, नाटक तथा रंगमञ्च जस्ता क्षेत्रलाई पनि समेटेर नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “डिजिटल मिडियाको विस्तारसँगै पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको छ । कुनै समय पत्रकारिताले समाजलाई मार्गदर्शन गर्थ्यो र हरेक सूचना पत्रकारिताबाट प्राप्त हुन्थ्यो । तर अहिले सामाजिक सञ्जालले समाजलाई प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा विधागत पत्रकारितालाई बचाउन र सुदृढ बनाउन आवश्यक छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले चलचित्र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय गतिविधि गर्दै आएको बताए । उनले बाँकेमा कलाकारिता क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूको खोजी, अभिलेखीकरण तथा दस्तावेजीकरण गर्न पनि जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नेपालगञ्जमा नेपाली चलचित्रप्रति आम नागरिकको चासो दिनानुदिन बढ्दै गएको बताए । उनले चलचित्र समाजको गतिशील बिम्ब भएकाले सो क्षेत्रमा काम गर्ने पत्रकार अझ संवेदनशील हुनुपर्ने उल्लेख गरे । उनका अनुसार चलचित्र बिटमा काम गर्ने पत्रकारहरूले लेखनको दायरा अझ फराकिलो बनाउन आवश्यक छ । चलचित्र प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि समिक्षात्मक पत्रकारिता गर्न सकिए समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न सकिने उनको भनाई थियो ।

अधिवेशनमा शाखाका सल्लाहकार कमल खत्री, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP