नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १९, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो

नेपालगञ्ज । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदैछ । हनुमानको पूजा आराधना गर्नाले बल, बुद्धि र विद्या मिल्ने तथा सबै प्रकारका दुःख र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ । 

यसै अवसरमा आज बिहानैदेखि नेपालगञ्जस्थित हनुमानगढी मन्दिर गौशालामा भक्तजनको ठूलो भिड लागेको छ । त्यस अघि विहान नेपालगञ्जमा हनुमान अंकित झण्डासहित र्‍याली निकालिएको थियो । आज हनुमान अंकित झण्डा ल्याई घरघरमा लगाउने परम्परा छ । त्यसै अनुरुप नेपालगञ्जमा पनि झण्डा लैजानेहरुको भिड छ । हनुमानगढी मन्दिरमा मानिसहरुको घुइँचो छ ।

शास्त्रीय मान्यता अनुसार हनुमान शब्द 'हनु' धातुमा 'मतुप' प्रत्यय लागेर बनेको हो, जसको अर्थ वेगवान् र गतयुक्त शक्ति भन्ने हुन्छ । भगवान् रामको अनन्य भक्तका रूपमा चिनिने हनुमानलाई वायुपुत्र तथा शिवको एघारौँ रुद्र अवतारका रूपमा समेत पुजिन्छ ।

रामायण भन्दा पूर्व नै हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ भने स्कन्द पुराणमा हनुमान भन्दा ठूलो र पराक्रमी प्राणी जगतमा अरू कोही नभएको व्याख्या गरिएको छ । मानिसमा हुने भय र नकारात्मक शक्तिको प्रकोपबाट बचाउने सङ्कट मोचकका रूपमा हनुमानलाई पुजिने भएकाले बच्चादेखि वृद्धसम्मले आज हनुमान चालिसाको पाठ गर्ने परम्परा छ ।

हनुमानलाई जुनसुकै रूप धारण गर्न सक्ने र अणिमा, महिमा जस्ता आठ प्रकारका यौगिक शक्तिले सम्पन्न देवता मानिन्छ । आजको दिन भक्तजनहरूले पवित्र नदीमा स्नान गरी व्रत बस्ने तथा विभिन्न स्थानमा हनुमानको शोभायात्रा निकाल्ने कार्य भइरहेका छन् । सामान्यतया मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गरिने भएता पनि चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने यो जयन्तीको विशेष धार्मिक महत्त्व रहेको छ ।


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा
नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा
यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान १०:२६ बजे
यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान १०:२६ बजे
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP