नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • १०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
नयाँ वर्षको पूर्व सन्ध्यामा ‘शुभकामना साँझ’ कार्यक्रम पनि हुने
बागेश्वरी पोस्ट
मंगलबार, चैत २४, २०८२ बागेश्वरी पोस्ट
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै

नेपालगञ्ज । होटल पौवाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा नेपालगञ्जसहित देशभरका सबै शाखामा  ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ । साथै नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा नेपालगञ्जमा ‘शुभकामना साँझ–२०८३’ कार्यक्रम पनि हुने होटल पौवाले जनाएको छ । आज पत्रकार सम्मलेन गरी यसबारे जानकारी गराइएको छ । 

स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिमा आधारित होटल पौवाले १० वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमहरु गर्न लागेको हो । पौवाका अनुसार चैत २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने ‘स्वाद उत्सव’ मा नेपाली परिकार र आतिथ्य अनुभव प्रदान गरिनेछ ।

नयाँ वर्षको स्वागतमा चैत ३० गते नेपालगञ्ज शाखामा आयोजना हुने ‘शुभकामना साँझ–२०८३’ मा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ । कार्यक्रममा गायक कमल खत्री, गायिका समीक्षा अधिकारी लगायत कलाकार सहभागी हुनेछन् । साथै स्थानीय सांस्कृतिक समूहहरूको प्रस्तुति पनि रहनेछ ।

होटल पौवाले नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै विभिन्न चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको जनाएको छ । यसअघि पनि तिहार, माघे संक्रान्ति, महाशिवरात्रि लगायतका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।हाल होटल पौवाका देशभर २० भन्दा बढी शाखा सञ्चालनमा रहेका छन् । 

वार्षिकोत्सवकै अवसरमा होटल पौवाले लगानीकर्ता र साझेदारहरूसँग भावी योजना र विस्तार रणनीतिबारे छलफल गर्न ‘लगानी सम्मेलन’ समेत आयोजना गर्ने तयारी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले १९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता, १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार भएको जानकारी दिए । आगामी चैत्र २८ गते लगानीकर्ताहरुबीच लगानी सम्मेलन आयोजना गरिएको जनाउँदै अध्यक्ष भण्डारीले आगामी १० वर्षमा १०० शाखाको लक्ष्य पूरा हुने दृढता ब्यक्त गरे ।

उनले पौवामा कार्यरत कर्मचारीलाई नै शेयर सदस्यमा थप्दै पौवाले युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको दाबी गरे । ‘कर्मचारीलाई शेयर धनी बनाउँदै लैजाँदा संस्थाप्रति अपनत्व बढ्ने र स्वदेश मै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको पाएका छौं,’ उनले भने, ‘विदेश पलायनलाई केही नियन्त्रण गर्न यो अभियान सफल देखिएको छ ।’ पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भण्डारीले पौवा स्थापना अघि संचालनमा रहेको पैचो पसल सञ्चालनको अनुभवका आधारमा नेपालमै उत्पादन भएको होटल रेसीपीबाट पनि होटलमा छुट्टै स्वाद दिन सकिने देखेर पौवाको जन्म भएको जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने स्वाद उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद दिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवा नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले बताए । कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजार भन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको पाण्डेले बताए । चैत्र २५ गते स्थापना दिवसका अवसरमा देशैभरका शाखाहरुले बिभिन्न सामाजिक कार्य गर्ने तय भएको पनि भण्डारीले बताए । भण्डारीका अनुसार नेपालगन्ज शाखाले मानव सेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन होटल पौवाका शेयर सदस्य एवम् पत्रकार शरण कर्माचार्यले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
रिटर्नीलाई उद्यमशील बनाउन 'व्यवसायिक योजना निर्माण तालिम'
रिटर्नीलाई उद्यमशील बनाउन 'व्यवसायिक योजना निर्माण तालिम'
भन्सार छलि ल्याइएका सामान बरामद, चार लाख भन्दा बढी मूल्यका सामान नियन्त्रणमा
भन्सार छलि ल्याइएका सामान बरामद, चार लाख भन्दा बढी मूल्यका सामान नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP