नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दैलेखमा वैशाख १३ देखि १९ सम्म पञ्चकोशी धार्मिक पर्यटन मेलाः नेपालगञ्जमा पनि छलफल
दैलेखमा वैशाख १३ देखि १९ सम्म पञ्चकोशी धार्मिक पर्यटन मेलाः नेपालगञ्जमा पनि छलफल
RSG-2
गिरीको संयोजकत्वमा बन्यो प्रचार-प्रसार समिति
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ४, २०८३ बागेश्वरी पोस्ट
दैलेखमा वैशाख १३ देखि १९ सम्म पञ्चकोशी धार्मिक पर्यटन मेलाः नेपालगञ्जमा पनि छलफल

नेपालगञ्ज । दैलेखको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्ने उद्देश्यले यही वैशाख १३ गतेदेखि १९ गतेसम्म पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजनामा मेला हुन लागेका हो । 

उक्त मेलालाई सफल बनाउने विषयमा आज नेपालगञ्जमा छलफल गरिएको छ । आयोजकको उपस्थितिमा दैलेखी समाज बाँकेले आयोजना गरेको छलफलमा नगर प्रमुख प्रशान्त विष्ट, निवर्तमान उपप्रमुख उमा थापा मगर, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज साइक्लिंग क्लबका अध्यक्ष कविराम बुढाथोकी लगायत विभिन्न ब्यक्तित्वहरुको उपस्थिति थियो । त्यसक्रममा दैलेखको धार्मिक पर्यटन प्रबद्र्धनमा पञ्चकोशी मेला कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्दै धार्मिक मेला सफल बनाउन सबैले हातेमालो, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । नगर प्रमुख विष्टले दैलेखको धार्मिक पर्यटन प्रबद्र्धनका लागि धार्मिक मेलाले सघाउ पुग्ने विश्वास ब्यक्त गरे । मेला सफल बनाउन नेपालगञ्जले पनि हातेमालो गर्ने उनको प्रतिबद्धता छ । 

दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरीले अध्यक्षतामा गरिएको कार्यक्रममा मेला आयोजक संस्थाका अध्यक्ष नवीन योगीले महोत्सबको उद्देश्य, तयारी र बाँकेसंगको अपेक्षाबारे धारणा राखेका थिए । साथै, बाँके जिल्लामा प्रचारप्रसार गर्न गिरीको संयोजकत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सदस्य रहने गरी प्रचारप्रचार समिति पनि गठन गरिएको छ । योगीका अनुसार मेलाको सञ्चालन तथा व्यवस्थापन दैलेखका स्थानीय तह र दानदाताबाट संकलित रकमबाट गरिनेछ । उनले मेलाबाट संकलित आम्दानी पञ्चकोशी क्षेत्रको इतिहास अभिलेखीकरणमा प्रयोग गरिने बताए । र, सबै आम्दानी तथा खर्च विवरण पारदर्शी ढंगले सार्वजनिक गरिने उनको प्रतिबद्धता छ । 

अध्यक्ष योगीका अनुसार  मेलाको अवधिभर स्कन्द पुराण वाचन गरिनेछ । साथै, २१ वर्षीया वाचिकालाई पुराण वाचनका लागि आमन्त्रण गर्ने तयारी भइरहेको पनि आयोजकले जनाएको छ। अध्यक्ष योगीले जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषण सफल भएको सन्दर्भ उल्लेख गर्दै उत्खनन कार्य सुरु गर्न सरकारलाई दबाब दिने उद्देश्य पनि मेलाले राखेको बताए । उनका अनुसार उक्त क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक अस्तित्वलाई संरक्षण गर्दै उत्खनन कार्य अघि बढाउनुपर्ने आवश्यकता छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP