नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १२, २०८३ बागेश्वरी पोस्ट
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगञ्ज ।  ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ शुक्रबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने फेस्टिबलको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्जलाई पर्यटनको हब बनाउन सकिने थुप्रै सम्भावना रहेको बताउँदै नेपालगञ्ज जनकपुर तथा नेपालगञ्ज अयोध्याको कनेक्टिभिटीका लागि आफू प्रयासरत रहेको बताए । उनले मानसरोबार गेट-वेका रुपमा समेत रहेको नेपालगञ्जमा बन्दै गरेको १०८ फिट अग्लो हनुमानको मूर्तिले जनकपुर र अयोध्यासंग भावनारुपमा जोड्ने विश्वास ब्यक्त गरे ।

उद्घाटन कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाह, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारी, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायते शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल र होटल संघ नेपाल बाँकेका अध्यक्ष दिवाकर खनालको संयुक्त अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा होटल संघ नेपाल बाँकेका उपाध्यक्ष केशन न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

नेपालगञ्जस्थित वाटरपार्क परिसरमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँकेले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ मा रैथाने खानाका परिकारदेखि बाँकेमा रहेको पाँच तारे होटलसम्मका परिकारहरु एकै थलोमा खाने व्यवस्था गरिएको छ । विभिन्न ब्रान्डका पेय पदार्थहरू प्रिन्ट रेटमै उपलब्ध हुने आयोजकले जनाएका छन् । फेस्टिबल बैशाख १३ गतेसम्म चल्नेछ । 

पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान र होटल व्यवसायको विकास गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो । नेपालगञ्ज लगायत पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगञ्ज क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि फेस्टिबलको छ । करिब ४० वटा स्टल छन् । मनोरञ्जनको लागि लोकप्रिय “दि फिरन्ते ब्यान्ड” को विशेष प्रस्तुति, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति हुनेछ । स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ म्युजिक, नृत्य तथा चर्चित कलाकार गायक रामकृष्ण ढकाल, नायक विजय बराल, नायिका बर्षा रावत, हाँस्य कलाकार मेक्सम गौडेल लगायतको सहभागिताले फेस्टिभललाई आकर्षक बनाउने आयोजकको विश्वास छ । फेस्टिबलमार्फत नेपालगञ्जलाई ‘फुड डेस्टिनेशन’का रूपमा चिनाउने, स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ ।
 


प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP