नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन २४, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ

नेपालगञ्ज । बाँकेमा कुल धान खेतीयोग्य क्षेत्रफलको ९७.३९ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ३३ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ३२ हजार ६ सय ९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

पछिल्लो समय रोपाइँले तीव्र गति लिएसँगै जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिंचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने आकाशे पानीमा निर्भर रहेका केही क्षेत्रमा मात्रै रोपाइँ बाँकी रहेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार सिक्टा सिंचाइ आयोजनाको कमाण्ड क्षेत्रसहित अन्य सिंचाइ सुविधा पुगेका स्थानमा किसानले धान रोपाइँ सम्पन्न गरिसकेका छन् । पर्याप्त वर्षा भएपछि वर्षाको भरमा खेती गर्नुपर्ने क्षेत्रहरूमा समेत रोपाइँले गति लिएको उनले बताए ।

यस वर्ष मनसुन केही ढिलो सक्रिय भएकाले धान रोपाइँ केही ढिलो सुरु भए पनि पछिल्ला दिनमा भएको वर्षाले किसानलाई राहत पुगेको छ । खेतमा पर्याप्त चिस्यान भएपछि किसानहरूले धमाधम रोपाइँ गरेका हुन् ।

बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौ पहिलो सातासम्म चल्ने गर्छ । यस वर्ष पनि अधिकांश क्षेत्रमा समयमै रोपाइँ सम्पन्न हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अब जिल्लामा करिब २.६१ प्रतिशत अर्थात् करिब ८ सय ७३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ गर्न बाँकी छ । मौसम अनुकूल रही वर्षा भइरहे बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । समयमै रोपाइँ सम्पन्न भए धानको उत्पादनमा सकारात्मक प्रभाव पर्ने कृषि प्राविधिकहरूको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP