prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सरकारले लगाएको लकडाउनमा युवा संघका नेता नै काठ तस्करीमा,स्थानीयमाथी आक्रमण
सरकारले लगाएको लकडाउनमा युवा संघका नेता नै काठ तस्करीमा,स्थानीयमाथी आक्रमण
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, चैत २०, २०७६ बागेश्वरी पोस्ट
सरकारले लगाएको लकडाउनमा युवा संघका नेता नै काठ तस्करीमा,स्थानीयमाथी आक्रमण

बौनिया(कैलाली ) । मुलुकमा अहिले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका बेला राष्ट्रिय यूवा संघका एक नेता भने अवैध रूपमा काठ तस्करी धन्दामा संलग्न रहेको पाइएको छ ।

nepalgunj 081-082

स्थानीयले रोक्न खोज्दा अवैध रूपमा काठ तस्करी धन्दामा संलग्न राष्ट्रिय यूवा संघका नेताले स्थानीयमाथि आक्रमण गरि फरार भएका छन्। अवैध काठ तस्करी कार्यमा संलग्न कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ का २८ वर्षीय भेषराज जैसी मोटसाइकल छोडेर फरार भएका हुन् ।

उनले बुधबार राती से ४ प ६७४१ नम्बरको मोटरसाइकलमा कडी तस्करी गरि ल्याउँदै गरेको थाहा पाएपछि स्थानीयले जैसीलाई रोक्न खोजेका थिए । मोटसाइकलमा काठ तस्करी गरि ल्याउँदै गर्दा जैसीलाई स्थानीय भवानी रिजालले रोक्न आग्रह गरेपछि तथानाम अपशब्द प्रयोग गरि गालीगलौज गरेको र त्यसलगत्तै आक्रमण गरि चलाएको मोटरसाइकल छोडेर भागेको बताइएको छ ।

आफूलाई रोकेको आवेगमा आएर जैसीले रिजालमाथि एक्कासी आक्रमण गरि त्यहाँबाट भागेको उनले बताए । सोही घटनाका एक प्रत्यक्षदर्शीले बताए अनुसार वडाको बुटकौवास्थित दानुफाँटा नमूना सामुदायिक बन उपभोक्ता समूहको सीमामा पर्ने जरैखोलाको बाटो हुँदै काठ लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त बन समितिका सल्लाहकार सदस्य भवानी रिजालले रोक्न खोजेका थिए ।

घटना बाहिरीएसंगै सोही वडास्थित लालिगुराँस सामुदायिक बन उपभोक्ता समूहका सहसचिव समेत रहेका भेषराज जैसी अनाधिकृत रूपमा काठ तस्करी धन्दामा संलग्न रहेको खुलेको हो । सामुदायिक वनको संरक्षण र उचित व्यवस्थापनको पदीय जिम्मेवारीमा रहेका जैसी पछिल्लो समय काठ तस्करी धन्दामा लागेका हुन् ।

बन चोरी तस्करी नियन्त्रण गर्नुको साटो उनी आफै प्रत्यक्षरूपमा संलग्न छन् । देशभर कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका बेला भेषराज जैसीले तस्करीको मौका छोपेका हुन् । त्यसलगत्तै ईलाका प्रहरी कार्यालय बौनियाबाट गएको टोलीले सालको चिरान गरिएको ६ थान ७ फिटको कडी र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक अनिश भण्डारीका अनुसार बरामद गरिएको काठ र मोटरसाइकल मुचुल्का गरि सबडिभिजन बन कार्यालय बर्दगोरियामा बुझाएक बताए ।

यता, सबडिभिजन बन कार्यालय बर्दगोरियाका प्रमुख कृष्णबहादुर बोहराले घटना संलग्न जुसुकै भएपनि कार्वाही हुने बताएका छन् । उनले प्रहरीले दिएको मुचुल्का प्रतिवेदनका आधारमा संलग्नको प्रमाण खुल्ने र कानुन बमोजिमको कार्वाही प्रक्रिया अगाडि बढाउने जनाए ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ का नेकपा पार्टी सचिव, राष्ट्रिय यूवा संघका कैलाली जिल्ला सदस्य समेत रहेका जैसी यसअघि पनि पटकपटक काठ तस्करी धन्दामा संलग्न रहेको भेटिएको स्थानीयले बताएका छन् ।

सो क्षेत्रमा चिरान गरेर काठ तस्करी भएको घटना यो पहिलो भने होइन, यो एक प्रतिनिधिमुलक घटना मात्रै हो । यसअघि पनि विभिन्न समयमा बेलाबेलामा सो क्षेत्रबाट काठ तस्करीका घटना बाहिरीएका थिए । बर्दगोरियामा उक्त सामुदायिक बनक्षेत्रबाट यसअघि पनि पटकपटक काँचो सालका गोलासहित ट्याक्टर पक्राउ परेका थिए ।

तर, पक्राउ परेपछि पनि संलग्नलाई उन्मुक्ति दिने कार्यले तस्करी मौलाउँदै जान थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् । कार्वाही गर्ने निकायले नै घटनालाई सामसुम पार्दै जानु उचित नहुने भन्दै तस्करलाई एकपछि अर्को गरि घटनामा बचाउ र संरक्षण भैरहेकोप्रति स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।

उनीहरूले सामुदायिक वनबाट उपभोक्ताले घाँसदाउरा समेत ल्याउन नपाउने र बन तस्करीमा संलग्नलाई उन्मुक्ति दिदै आएकोप्रति आक्रोशित समेत व्यक्त गर्न थालेका छन् ।श्रोत: हाम्राकुराडटकम।


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १४:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP