prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउनमा आक्रमणमा पर्न थाले जनप्रतिनिधि
लकडाउनमा आक्रमणमा पर्न थाले जनप्रतिनिधि
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २१, २०७७ बागेश्वरी पोस्ट
लकडाउनमा आक्रमणमा पर्न थाले जनप्रतिनिधि
सांंकेतिक तस्बिर

सुर्खेत । घटना १ वैशाख १७ गते, कालिकोट पचालझरना गाउँपालिक१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद हुँदा कुटिएपछि उनी गम्भीर घाइते भएका छन्। वडापालिकाको बैठक सकेर घर फर्किने क्रममा स्थानीय युवा उमेश न्यौपानेको नेतृत्वमा आएको समूहले वडाध्यक्षमाथि कुटपिट गरेको हो। उनको टाउकोमा ठूलो चोट लागेको छ।

घटना २ वैशाख १६ गते, हुम्लाको सर्केघाट गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्ष कर्णजंग शाहीमाथि कुटपिट भयो। गाउँपालिका ५ का वडाध्यक्ष शाहीमाथि प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बैठकमै हातपात गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा कर्मचारीको कार्यसम्पादनविरुद्ध स्टाटस लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्षलाई बैठक कक्षमै कुटपिट गरे। तर, वडाध्यक्ष शाहीले लकडाउनमा उद्धार, राहत, जनप्रतिनिधिको बैठक तथा भम्रण भत्तालगायत खर्च विवरण माग्दा आफूमाथि सार्वजनिक स्थलमै कुटपिट भएको बताए। कुटपिटमा उनलाई पनि टाउको र शरीरमा चोट चालेको छ।

घटना ३ वैशाख ९ गते, जाजरकोट जुनिचाँदे गाउँपालिक २ मजकोटका वडाध्यक्ष रामबहादुर नेपाली राजनीतिक प्रतिशोधका कारण आफ्नै कार्यकक्षमा कुटिएको घटना सेलाउन नपाउँदै गत साता फेरि जाजरकोट भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि कुटपिट भयो। स्थानीयको मृत्युपछि मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दीपेन्द्र शाहीसहितको समूहले हातपात गरेको हो। गाउँमा योजना पार्दा नगरप्रमुखले पक्षपात गरेको भन्दै आक्रमण भएपछि घर्तीको आँखा र मुखमा चोट लागेको छ।

पछिल्लो पटक लकडाउनकै समयमा कर्णालीका जनप्रतिनिधि कुटिन थालेका छन्। कोरोना माहामारीको संक्रमणबाट बचाउन राहत, उद्धार तथा विकासका नाममा अनियमितता बढेको भन्दै जनप्रतिनिधि कुटिन थालेका हुन्। आफ्नो पक्षलाई योजना दिएको, भ्रष्टाचार गरेको जस्ता आरोपमा जनप्रतिनिधिमाथि आक्रमण बढ्दै गएको छ। तर, गुण्डागर्दी शैलीमा राजनीतिक प्रतिशोध साट्ने हिसाबले आफूमाथि कुटपिट भइरहेको जनप्रतिनिधिको आरोप छ।

बढ्दै आक्रमण

कर्णालीमा जनप्रतिनिधिमाथि आक्रमण बढ्दै गएको छ। ६ महिनायताका घटनालाई मात्रै हेर्ने हो, भने कर्णालीमा कहिले जनप्रतिनिधिबाट कर्मचारी त, कहिले कर्मचारीबाट जनप्रतिनिधि कुटिएका धेरै उदाहरण छन्। वैशाख १२ गते, लकडाउनकै समयमा जुम्ला हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया गाउँपालिकाको कार्यपालिका बैठकमै कर्मचारी र स्थानीय नेताबाट कुटपिट भइन्।

प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा र नेकपा जिल्ला सिमिति सदस्य अमरजंग शाहीले आफूलाई बैठक कक्षमै हातपात गरेको भन्दै रोकायाले प्रहरीमा मुद्दा दर्ता गराएकी छन्। कार्यपालिकामै अपशब्द बोलेर गालीगलौज गरेपछि मुद्दा दर्ता गरेको उनले बताइन्। रोकायामाथि दुर्व्यवहार र हातपात गरेको जाहेरी दर्ता भएसँगै अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

चैत ४ गते जुम्ला सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलमाथि स्थानीय देवीकृष्ण शर्माले कुटपिट गरे। अध्यक्ष रावललाई स्थानीय शर्माले गाउँपालिका कार्यालय अगाडिको चौरमा लाठी प्रहार गरी कुटपिट गरेका थिए। गाउँपालिकाले नदीबाट गिट्टी, बालुवा संकलन गर्न नदिएको आरोपमा उनले अध्यक्षमाथि हातपात गरेका थिए।

गत पुसमा दैलेखको ठाटिकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई नेत्रविक्रम चन्द विप्लव समूहले भ्रष्टाचार गरेको आरोपमा अपहरण गरेर १९ घण्टापछि रिहा गरेको थियो। यी घटनासँगै भ्रष्टाचार मुद्दामा पनि कर्णालीका जनप्रतिनिधि पक्राउ पर्न थालेका छन्।

अन्नपूर्णपोस्टबाट साभार।


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ०७:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP