prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • ससुराले कुटेर श्रीमान‍्ले बनाएको भिडियो भाइरल
ससुराले कुटेर श्रीमान‍्ले बनाएको भिडियो भाइरल
banijya office
बागेश्वरी पोस्ट
बुधबार, असार २४, २०७७ बागेश्वरी पोस्ट
ससुराले कुटेर श्रीमान‍्ले बनाएको भिडियो भाइरल

डोटी । अछामको मंगलसैन नगरपालिका–७ घर भई भारतको पुनामा बस्दै आएकी एक बालिकालाई श्रीमान र ससुराले कुटपिट गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

nepalgunj 081-082

घटनाबारे जिल्ला प्रहरी कार्यालय, अछामले पनि चासो देखाएको छ । प्राप्त विवरणअनुसार मंगलसेन नगरपालिका–३ लाछिमना घर भएका कालु भुलको परिवार पुनामै बस्दै आएको छ । उनका १६ बर्षे छोरा दिनेश भुल र पीडित किशोरीबीच प्रेम सम्बन्धपछि एक बर्ष अघि बिहे भएको थियो ।

बिहेपछि दुबै भारत गए । तर अनेक बहानामा किशोरीलाई यातना दिन थालिएको उनका आफन्तहरु बताउँछन् । अहिले भाइरल भएको भिडियो भने चोरीको आरोपमा भएको कुटपिटको भएको पाइएको छ । कालु भुलले बुहारीलाई कुटपिट गरेको भिडियो पीडितका श्रीमानले बनाएका थिए । कुटपिटका क्रममा बालिकाले गुहार मागेपछि उनले मुखमा कपडा कोचेर कुट्न आग्रह गरेको सुनिन्छ ।

काम गर्ने घरमा मालिक्नीको लिपिष्टिक र घडी चोरेको आरोपमा उनीमाथि कुटपिट भएको हो । मालिक्नीलाई देखाउन कुटपिटको भिडियो खिचिएको ससुरा कालु बताउँछन् । मरणासन्न हुने गरी कुटपिट गरेपछि बालिकालाई माइती पक्षको जिम्मा लगाइएको छ । उनी भारतमै रहेका काकासँग बस्दै आएकी छन् । साथै माइती पक्षलाई एक लाख ५० हजार रुपैयाँ उपचार खर्च दिएको ससुरा कालु भुलले बताए ।

यो भिडियोबारे चासो देखाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापा भन्छन्, ‘घटना भारतमा भएको हुँदा छानविन गर्न समस्या भएको छ ।’ तर पीडितका आफन्तहरुसँग समन्वय गरेर भारतमा घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दिइएको बताए । उनले अघि भने, ‘हामीकहाँ निवेदन दिनुहुन्छ भने हामी प्रहरी विभागमा पठाउँछौं, तर प्रक्रिया लामो हुन्छ ।’

अछामकी महिला अधिकारकर्मी पशुपति कुँवरले किशोरीको उद्दार गर्न र पीडकलाई सजाय दिलाउन भारतमा रहेका प्रवासी नेपाली संगठनहरुसँग छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘कस्तो कानूनी बाटो अपनाउन सकिन्छ भनेर प्रहरी, कानून व्यवसायी र अधिकारकर्मीहरुबीच छलफल भइरहेको छ ।’अनलाइनखबरबाट।


प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १६:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP