नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुर्खेतमा कोरोना संक्रमितलाई प्रहरीद्वारा निर्घात कुटपिट
सुर्खेतमा कोरोना संक्रमितलाई प्रहरीद्वारा निर्घात कुटपिट
बागेश्वरी पोस्ट
बिहीबार, साउन १, २०७७ बागेश्वरी पोस्ट
सुर्खेतमा कोरोना संक्रमितलाई प्रहरीद्वारा निर्घात कुटपिट

सुर्खेत ।दुई महिनाअघि रूकुममा प्रहरीले महिलामाथि कुटपिट गरेको घटना सेलाउन नपाउँदै सुर्खेतमा पनि एक प्रहरीले कोरोना संक्रमितलाई मरणासन्न हुनेगरी कुटेको भेटिएको छ।

सुर्खेको सिम्ता गाउँपालिकामा प्रहरी सहायक निरीक्षक विजय पुनले एक जना कोरोना संक्रमित व्यक्तिलाई सोमबार कुटपिट गरेको पाइएको हो। सिम्ता गाउँपालिका–६ को बागेश्वरी माध्यमिक विद्यालयकको क्वारेन्टिनमा बसेका सिम्ता गाउँपालिका–८ का एक युवकमाथि प्रहरी सहायक निरीक्षक पुनले असार २९ गते (सोमबार) कुटपिट गरेका हुन्।

ती युवक भारतबाट आएर दुई साता अघिदेखि क्वारेन्टिनमा बसेका थिए। आफूसँगै बसेका साथीहरूसँग घर जान खोजेपछि भाग्न खोजेको बहानामा ती असईले उनीमाथि कुटपिट गरेको पीडितका आफन्तले बताए।

पीडितका भाइका अनुसार उनका कुटपिटका क्रममा उनको बायाँ हात भाँचिएको छ। ‘क्वारेन्टिनबाट अलिकति बाहिर जानुभएको रहेछ, प्रहरीले कुटिहालेछन्,’ उनले भने, ‘प्रहरीले एक जनालाई नियन्त्रणमा लिन पिट्नै पर्ने त थिएन होला, त्यतिकै पनि सम्झाएर भित्र लिन सकिन्थ्यो।’ बिहीबार यसै विषयमा प्रहरी स्थानीय सरकार लगायतसँग छलफल थालिएको उनले बताए।

उपचारको सम्पूर्ण व्यवस्था गर्नुपर्ने उनको माग छ। पीडितका भाइका अनुसार सिम्तामा भएको कुटपिटबाट घाइतेको शरीरभर निलडाम छ। कुटपिट भएकै दिन उपचारका लागि अस्पताल लैजान आफन्तले माग गरे पनि स्थानीय तहले बेवास्ता गरेको छ।

कोरोना पोजेटिभ देखिएका कारण स्थानीय तहले अस्पताल लैजान नदिएको पनि उनको भनाइ छ। ‘उही दिन उपचार गर्न लैजाऊँ भन्दा स्वाब परीक्षण गरिएको रिपोर्टमा गडबडी भएका कारण लान दिइएन,’ उनले भने, ‘आज फेरि चेक हुँदैछ, रिपोर्ट यदि नेगेटिभ आयो भने हामीले नछुनेगरी गाडीमा राखेर नेपालगञ्ज लैजाने कुरा छ।’

यस्तै, सुर्खेतको सिम्तामा भएको कुटपिटको घटनामा संलग्न प्रहरी सहायक निरीक्षक विजय पुनलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ। उनलाई कारबाहीस्वरूप जिल्ला प्रहरी कार्यालयमा तानिएको डिआइजी वसन्तकुमार पन्तले बताए। यो घटनाका बारेमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए। अनुसन्धानपछि आवश्यक कारबाही गरिने उनले बताए। सेतोपाटीबाट।


प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP